परिवर्तन : गंगा खड्का ( लघुकथा)      

परिवर्तन : गंगा खड्का ( लघुकथा)      

 कपन अनलाइनकाठमाण्डौ,चैत १७।

भरतको आँगनभरि होली खेल्नेको रमझम थियो । रङले पोतिएर प्रायः मान्छे रङबिरङका भएका थिए । कोही नाचमा मस्त थिए भने कोही रङसँगै आफ्ना सपनालाई रङ्गिन बनाउँदै थिए । भूमिका भने आँखाबाट खसेका आँसुको रङलाई झन्झन् बेरङको बनाउँदै थिइन् ।

‘अन्टी !’ भूमिकालाई जेठाजुकी छोरी अंशुको आवाजले झसङ्ग बनायो ।
‘हजुर !’ उनले यति मात्रै के बोलेकी थिइन्, अंशुले उनलाई तान्दै बसेको ठाउँबाट उठाइन् । उनले थालभरि राखेका थरीथरीका रङमध्ये रातोतर्फ हात लम्काइन् । गम्म मुठ्ठाएर रङ हजुरआमालाई दिँदै भनिन् ‘हजुरआमा लिनुहोस् रङ अनि उमेरमै सिउँदो उजाडिएकी अन्टीको फुङ्ग उडेको अनुहारमा दलिदिनुहोस् । नारीप्रति हुने सकारात्मक परिवर्तन घरबाटै सुरु हुनुपर्छ ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।