प्रतियोगिता : नारायण पौडेल (लघुकथा)       

प्रतियोगिता : नारायण पौडेल (लघुकथा)       
   कपन अनलाइनकाठमाण्डौ,चैत १७।

‘यो हप्ता तपाईंको कथा बिजयी हुँदैछ, तपाईंलाई बधाई छ ।’  लघुकथा प्रतियोगिताको आधिकारिक निर्णय हुनु अगावै एकजना शुभचिन्तकले समाचार सुनाए ।
डा. शर्मा निर्णायक मण्डलका अध्यक्ष थिए । उनको आँखा एकजना लघुकथाकारको लघुकथामा प¥यो । डा. शर्माले लघुकथा पढे । लघुकथामा खोट लाउने ठाउँ थिएन । कथाको उठान, कथानक, दृष्टिविन्दु समापन सबै मिलाएर लेखिएको थियो । यति हुँदाहुँदै पनि डा. शर्मालाई कथाको शिर्षक र समापन मन परेन । उनले शिर्षक छोटो बनाए र समापनमा केही परिवर्तन गरिदिए । त्यसपछि उनले बिजयी घोषणा गरे । कथाकारलाई  बधाईको ओइरो लागिरहेको थियो ।
उसले आफ्नो विजयी लघुकथा एकपटक पढ्यो र स्टाटस लेख्यो ‘यो कथा मैले लेखेको हैन डा. शर्माले लेखेको हो बधाई छ उहाँलाई !’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।