खोजी : म्यामराज राई (लघुकथा)

खोजी : म्यामराज राई (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ,चैत १७।

स्वर्गको राजा इन्द्र अमरावती अझ सुन्दर बनाउने अभियानमा थियो । प्राकृतिक सुन्दरताले भरिएको देश नेपाल हो भनेर एक बिहान अचानक पत्तो पाएछ ।
आफ्नो मन्त्री परिषद्मा पनि त्यस देशका केही नेतालाई संलग्न गराउन मन लाग्यो । तुरुन्त दूत विष्णुलाई अह्रायो, ‘राम्रा पाँचजना नेताहरूलाई उपस्थित गराऊ ।’
‘हवस्, महाराज !’ विष्णु आफ्नो चोर औँंलामा चक्र घुमाउँंदै राजाले इच्छाएको देशतर्फ लम्कियो ।
ऊ संसद भवन अगाडि टक्क रोकियो । सूचना केन्द्रबाट नेताहरूको नामावली प्राप्त ग¥यो । तिनीहरूको पृष्ठभूमि विकसित प्रविधिको सहयोगमा सरसर्ती अध्ययन ग¥यो । कुनै न कुनै जघन्य अपराधमा प्रत्यक्षपरोक्ष संलग्नता भएको भेट्यो । लामो सास फे¥यो ।
ऊ चुपचाप फनक्क फर्किन्छ । हस्याङफस्याङ ढोकामा टेक्ने बित्तिकै महाराज सामु बिन्ती चढायो, ‘मौसुफ ! रित्तो हात आएँ । किनकि यो लोकलाई अपवित्र बनाउन चाहिँ ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।