हेडसरका कथा : शिक्षालाई समाज सुधारको आधार मान्ने “सुदीप काफ्ले”

हेडसरका कथा : शिक्षालाई समाज सुधारको आधार मान्ने  “सुदीप काफ्ले”

कपन अनलाइन

काठमाण्डौ, चैत १५ ।

शिक्षाको मार्फत समाज सुधार गर्न सकेमा मात्र राष्ट्रको विकास हुन्छ भन्ने सोच बोकेका  व्यक्तित्व हुन् प्रिन्सटन एकेडेमीका हेडसर सुदीप काफ्ले।

उनको जन्म विक्रम सम्वत् २०४५ साल वैशाख ११ गतेका दिन स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर २ मा को  एक निम्न मध्यम परिवारमा भएको हो।आउँदा दिनहरूमा पनि शैक्षिक क्षेत्रमा नै लागेर आफ्नो  विद्यालयलाई यस क्षेत्रकै एक नमुना विद्यालयको रूपमा स्थापित गर्ने  सपना बोकेका काफ्ले २८ वर्षको उमेरमा प्रिन्सिपल बनेका थिए।

परिवारमा सम्पूर्ण सदस्य शिक्षित भएका कारण उनले पनि भविष्यमा धेरै पढ्नुपर्छ र जीवनमा अघि बढ्नुपर्छ भन्ने सोच बनाएका थिए उनले  स्याङ्जामा नै रहेको ‘हिमाली मावि’ नामक एक माध्यमिक विद्यालयबाट  कक्षा १ देखि कक्षा १० सम्मको औपचारिक शिक्षा सफलतापूर्वक पुरा गरेका थिए।

यस पश्चात उ स्याङ्जामा नै रहेको ‘पाइनियर हायर एजुकेसनल एकेडेमी’बाट उच्च माध्यमिक तहको शिक्षा प्राप्त गरेका काफ्लेले पशुपति बहुमुखी क्याम्पसबाट ‘B.B.S’ तहको शिक्षा पूरा गरेका थिए।

आफ्नो घर तथा परिवारहरूबाट अझ थप शिक्षा आर्जन गर्नुपर्छ तब मात्र जीवनमा केही गर्न सकिन्छ र सफल भइन्छ भन्ने हौसला पाए का उनले काठमाडौँको पुतली सडकमा अवस्थित ‘शंकरदेव क्याम्पस’ बाट ‘M.B.S’ तहको शिक्षा आर्जन गरेका थिए।

समाजमा देखिने  लैङ्गिक र  जातीय भेदभावको प्रमुख कारण भनेको मानिसहरूमा चेतनाको कमी  रहेको बुझेका उनले शिक्षाको प्रचारप्रसार गरी शिक्षाको विस्तार गरेर यो समस्या समाधान गर्नुपर्छ भन्दै शिक्षण पेसालाई रोजेका थिए।

विक्रम सम्बत  २०६४ देखि २०७० सम्म प्रोग्रेसिभ माविमा  अध्यापन  गरेका उनले २०७० साल देखि बुढानीलकण्ठ नगरपालिका  वडा नम्बर १० मा रहेको ‘प्रिन्सटन मावि’  मा आफ्नो यात्रा सुरु गरेका थिए।

सो विद्यालयमा अध्यापनको क्रममा धेरै शिक्षकहरु भित्रिने र बाहिरिने क्रम जारी रहदा पनि उनि शिक्षकको रूपमा अध्यापन गराउने कार्यमा निरन्तर लागिरहेका थिए । यसैक्रममा २०७३ सालमा विद्यालयका अनुभवी शिक्षक रहेका उनले विद्यालयको प्रिन्सिपलका रुपमा जिम्मेवारी बहन गरेका थिए।

आफ्नो घरपरिवारबाट नै प्रेरणा पाएर र समाजलाई एक नयाँ दिशातर्फ लैजान्छु भन्ने सोचर यहि  क्षेत्रमा प्रवेश गरेको बताउने काफ्ले भन्छन ,” ‘समाज सुधारको एक प्रमुख आधार भनेको नै शिक्षा हो। ”

 

तपाइँको प्रतिक्रिया ।