प्याब्सन काठमाडौंद्वारा रिलायन्स इन्टरनेसनल एकेडेमीका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय सम्मानित

प्याब्सन काठमाडौंद्वारा रिलायन्स इन्टरनेसनल एकेडेमीका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय सम्मानित

कपन अनलाइन

काठमाडौं , साउन ३०।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) काठमाडौंले एसईई उर्तिण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।


प्याब्सन काठमाडौंले ४ जिपिएसम्म ल्याउन सफल विद्यार्थी, शत प्रतिशत नतिजा हासिल गर्न सफल विद्यालय, विषयगत रुपमा उच्चतम औसत जिपिए हासील गर्न सफल शिक्षक तथा शिक्षिकाहरु सम्मानित भएका छन् । यसै क्रममा १०१ भन्दा बढी विद्यार्थी परीक्षामा सहभागी गराई कुल जिपिएको उच्चतम औसत जिपिए हासील गर्न सफल विद्यालयको रुपमा प्रथम स्थान हासिल गर्दै रिलायन्स इन्टरनेसनल एकेडेमी सम्मानित भएको छ ।


त्यसै गरि विषयगत रुपमा उत्कृष्ट विषय शिक्षकका रुपमा रिलायन्स इन्टरनेसनल एकेडेमीका ४ जना शिक्षक सम्मानित भएका छन् ।
रिलायन्स इन्टरनेसनल एकेडेमीबाट एसईई २०८१ मा ४ जिपिएसम्म ल्याउन सफल २० जना विद्यार्थीहरु समेत सो कार्यक्रममा सम्मानित भएका थिए ।
रिलायन्स इन्टरनेसलन एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नेपालभरबाटै २० जना विद्यार्थीले ४ जीपीएसहित सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल थियाे । एसइईमा कुल १०२ जना परीक्षार्थी सहभागी रहेकोमा ७७ जनाले ३.६० देखि ३.९९ जीपीए, ५ जनाले ३.३३ देखि ३.५९ जीपीए प्राप्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।