सन राइज बोर्डिङ्ग स्कुलले अन्तर विद्यालय फुट्सल प्रतियोगितामा दितीय स्थान हाशिल गर्यो

सन राइज बोर्डिङ्ग स्कुलले अन्तर विद्यालय फुट्सल प्रतियोगितामा दितीय स्थान हाशिल गर्यो

कपन अनलाइन

काठमाडौँ, साउन ३०।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको सन राइज बोर्डिङ्ग स्कुलले अन्तर विद्यालय फुट्सल प्रतियोगितामा दितीय स्थान हाशिल गरेको छ।

बुढानिलकण्ठका कुल ३६ विद्यालयको सहभागिता रहेको   Cerin Inter School Futsal Tournament Season 4 मा Sunrise Boarding School ले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ।

प्रतियोगितामा विद्यालयका खेलाडीहरूले उत्कृष्ट खेलकौशल र टिमवर्क प्रस्तुत गर्दै अन्तिमसम्म रोमाञ्चक प्रतिस्पर्धा गरेका थिए।
विद्यालय परिवारले यो सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा समर्थकहरूलाई हार्दिक बधाई र शुभकामना व्यक्त गरेको छ।

तपाइँको प्रतिक्रिया ।