शान्तिपुर माध्यमिक विद्यालयमा शिक्षक माग !

शान्तिपुर माध्यमिक विद्यालयमा शिक्षक माग !

कपन अनलाइन

काठमाडौँ, साउन ३०।

इलामको रोङ गाउँपालिका–२, शान्तिपुरस्थित श्री शान्तिपुर माध्यमिक विद्यालयले माध्यमिक तह (११/१२) का लागि शिक्षक माग गरेको छ। विद्यालय व्यवस्थापन समितिको २०८२ साउन २९ गतेको बैठक निर्णय अनुसार २०८२ भदौ १२ गतेसम्म आवेदन दिन सकिने गरी विज्ञापन प्रकाशित गरिएको हो।

विज्ञापन अनुसार, माध्यमिक तहमा स्नातक तह उत्तीर्ण (सम्बन्धित विषयमा) उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। आवश्यक योग्यता पूरा गरेका उम्मेदवारले लिखित, मौखिक र आवश्यक परे प्रयोगात्मक परीक्षा दिनुपर्नेछ।

आवेदनका लागि शैक्षिक प्रमाणपत्रका प्रमाणित प्रतिलिपि २ प्रति, नेपाली नागरिकताको प्रमाणपत्र २ प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति तथा सम्बन्धित प्रमाणपत्र संलग्न गर्नुपर्ने विद्यालयले जनाएको छ।

आवेदन फारम विद्यालयमा उपलब्ध हुनेछ र अन्तिम मिति २०८२ भदौ १२ गते तोकिएको छ। परीक्षा मिति पछि सूचना दिइने विद्यालयले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।