बुढानीलकण्ठमा सहकारी संचालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण संचालन हुने

बुढानीलकण्ठमा सहकारी संचालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण संचालन हुने

कपन अनलाइन

काठमाण्डौ ,फागुन १६।

बुढानीलकण्ठ नगरपालिका सहकारी शाखाले सहकारी संस्थाहरुलाई सहकारी संचालक तथा व्यवस्थापन सम्बन्धी २ दिने क्षमता विकास प्रशिक्षण दिन लागेको छ ।

तालिममा नगरपालिका क्षेत्रभित्र संचालित सहकारी संस्थाहरुको संचालक समितिका अध्यक्ष १ र व्यवस्थापक १ गरी २ जना सहभागी पठाईदिनुहुन नगरपालिका सहकारी शाखाले सूचना मार्फत अनुरोध गरेको छ ।

तालिम फागुन २० र २१ गते बुढानीलकण्ठ नगरपालिकाको सभाहलमा बिहान १० बजेबाट सुरु हुने सूचनामा उल्लेख छ ।
सुचना :
तपाइँको प्रतिक्रिया ।