बुढानिलकण्ठ नगरपालिकाले खोला नाला सरसफाई सुरु गर्यो

कपन अनलाइन

काठमाण्डौ,फागुन १५।

बुढानिलकण्ठ नगरपालिकाले खोला नाला सरसफाई सुरु गरेको छ। नगरपालिकामा रहेका विभिन्न खोला,खहरे र नालीहरुको सरसफाई अभियान संचालन गरेको हो।

बुढानिलकण्ठ नगरपालिकाको फोहोरमैला व्यवस्थापन समितिको संयोजनमा बन वातावरण तथा फोहोरमैला व्यवस्थापन समितीको अगुवाईमा फागुन १५ गते वडा नं १ र ३ को सिमानामा सरसफाई गरिएको छ।

त्यस्तै आज नै वडा नं ११ र १३ को सिमानाम रहेको च्याने खोला सरसफाई गरिएको छ भने अन्य खोलाहरुमा पनि निरन्तर सरसफाई गरिने समितीले जानकरी दिएको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।