तरकारी : छायादत्त न्यौपाने ‘बगर’ (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,माघ २०।
खै किनहो कुन्निमलाई साँझ घर फर्कन अलिक ढिल्ढिलो गरौँ लाग्ने । कार्यालयमा काम परे त ढिलो हुने नै भयो । कामै नभएपनि बाटातिर बरालिएर घर ढिलो पुग्ने अभ्यास हुने ।समयमा पुगे त आज तरकारी के ल्याऊँ? यो ल्याऊँ कि त्यो ल्याऊँ कति ल्याऊँ? श्रीमतीका प्रश्नको उत्तर नदिई नहुने । उत्तर दिएपछि खै पैसा दिनुस् अर्को माग पूरा नगरी नहुने तर तरकारी मेरो उत्तर अनुसार होइन श्रीमतीको रुचिअनुसार आउने ! कतिदिन दोहोरिन्छ यो चाल गन्नै नभ्याइने ।
म फेरि ढिलो फर्कने अभ्यास दोहो¥याउँदै थिएँ । उनले फोन गरेर तरकारी लिएर आउनु अराउने भइन् । झन् फसाद ! लिएर आयो ! यो किन ल्या? कतिमहङ्गो ल्या? यतिका किन ल्या? यस्तो किन ल्या? उत्तर त कतिदिनु कसरी दिनु ! अर्को हैरान !
भएन, फेरि समयमा घर फर्कने प्रयास थालेँ । कामधाम छैन हतार हतार निस्क्यो, छिटो छिटो आयो । यसो बाटातिर भेटिएका तरकारीहरू केही लिएर आउनुपर्छ नि रित्तै लखर लखर ! कस्तो अचम्म ! खै यो कतियौं न.मा पर्ने अचम्महो कुन्निपत्तो भएन तर कुनै एउटा अवश्य हुनुपर्छ ।
समय फर्कन्छ भनेको हो कि ! आज अर्को अध्याय पल्ट्यो । के–के ल्याऊँ तरकारी ?मैले आलु, घिरौंला, गोल भेँडा, साग, भन्दै मौसम अनुसारको तरकारीसँगै अलिकति खुसी पनि ल्याउनन बिसर्नु है भनेँ ।
हँ ! के हो यो खुसी भनेको कहाँ पाइन्छ ? झर्केकेको शैलीमा प्रश्न थपियो । मैले सुस्तरी भनेँ खोज न, तरकारी बजारमा पाइन्छ कि ! अन्त महङ्गो पर्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।