कान्ति भैरव साकोसका सदस्यहरुको प्रश्न :सञ्चालकलाई थुनेर बचतकर्ताको रकम फिर्ता होला र?
कपन अनलाइन
काठमाण्डौ ,माघ १८।
गोकर्णेश्वर नगरपालिकास्थित कान्ति भैरव बचत तथा ऋण सहकारी संस्थाका पूर्व र बहालवाला ९ जना सञ्चालक तथा कर्मचारी अहिले प्रहरी हिरासतमा छन् । करिब ६० देखि ८० वर्ष बीचको उमेरमा रहेका संचालकहरु हिरासतमा पुगे संगै सदस्यहरुको १११ जना सेयर सदस्यको हिसाबका वारेमा पानी अहिले धेरै प्रश्नहरु उठेका छन।
संचालकहरु हिरासतमाँ पुगे पछि थप अन्यौलमाँ परेका सदस्यहरुले सरकारलाई प्रश्न गर्न थालेका छ , सञ्चालकलाई थुनेर बचतकर्ताको रकम फिर्ता होला र सरकार ? बचत रकम ब्यवस्थापन गर्नुपर्नेहरुनै हिरासतमा पुगेको अवस्थामा कुनै पानी पहल र काम अगाड़ी नगएको अवस्थामा यो प्रश्न गर्नुपरेको एक सदस्यले बताएका छन।
ति सदस्यका अनुसार १८ वर्षअघि टोलछिमेककै सबै परिचित व्यक्तिहरूले अगुवा तथा अभिभावक ठानेर अध्यक्ष तथा अन्य पदाधिकारी बनाएर सहकारीको ढुकुटी जिम्मा लगाएको र १८ वर्षसम्म यस संस्थाले धेरै राम्रो काम पनि गरेको थियो ।
सो संस्थाले एकातिर ससानो रकम पनि बचत गर्ने बानी पारिदियो भने अर्कोतिर केही गर्छु भन्नेलाई सजिलै कर्जा तथा सापटी उपलब्ध गरिदियो। यही सहकारीका कारण सुरुमा सयमा कारोबार गर्नेहरु हजारमा कारोबार गर्ने भए । हजारबाट लाख भयो । लाखबाट १० लाख र करोडसम्म पुगेका थिए ।
ति सदस्यले एकातिर ऋणीहरु आर्थिक मन्दीका कारण ऋणब्याज तिर्न नसकेको र अर्कोतिर सञ्चालकलाई जेल हालेपछि ऋण तिर्नुपर्दैन कि भनेर सत्ता र शक्तिको दुरुपयोग गर्न लागेको भन्दै चिन्ता समेत ब्यक्त गर्दै कान्ति भैरव सहकारीमाथि पनि हालको सरकारले बदनियतसाथ हात हालेकोआरोप समेत लगाएका छन ।
उनी भन्छन ,” सञ्चालकहरूले आफ्नो घरघडेरी बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्ने गराउने प्रयास र वचनबद्धता गराउँदा पनि प्रहरी लगाएर वयोवृद्ध उमेरका सञ्चालक तथा पूर्वसञ्चालकहरुलाई थुनिएको छ । अदालतमा मुद्दा हालिएको छ । के उनीहरुलाई थुनेर ऋण उठ्छ ? यदि सरकारले बचतकर्ताको रकम उठाउन यो गरिरहेको हो भने ऋणीबाट ऋण उठाउन पनि यसैगरी धरपकड गर्न सक्छ ?”
सो संस्थाका संचालकहरुले प्रहरीमा बयान दिँदासमेत इमानदारीपूर्वक उनीहरुले जाहेरवालाको माग बमोजिमको रकम दिलाउन र दिन नसके कारबाही भोग्न तयार रहेको बताएका छन् । कतिपय बचतकर्ताले वास्तविकभन्दा बढी र फिर्ता लिइसकेको रकम पनि नघटाई जाहेरी दिइरहेका छन् र यसले पनि समस्यालाई वास्तविक आकारभन्दा झन् फैलाएको छ ।
मिलेमतोमा अस्वाभाविक ऋण परिचालन भएको छ र ब्याज तथा किस्ता असुल भइरहेको छैन भने त्यहाँ ताकेता गर्नुपर्ने र कृत्रिम कागजात सिर्जना गरी नभएका परियोजना वा हुँदै नभएका ऋणी सिर्जना गरी रकम दुरूपयोग गरिएको छ भने त्यसको अनुसन्धानका लागि सरकार अगाडि आउनुपर्ने बताउदै कान्ति भैरवका सदस्यहरुले सहकारी सञ्चालक भन्नेबित्तिकै अपराधीजस्तो व्यवहार गर्नु नहुने बताएका छन।
उनीहरूले थूनामाँ रहेका संचालकहरुलाई सहकारी संस्थाको सम्पूर्ण हिसाव कितावहरु मिलाउन मौका दिनुपर्ने माग समेत गरेका छन।