बुढानिलकण्ठ नगर अस्पताल संचालनको बाटो खुल्यो ….

बुढानिलकण्ठ नगर अस्पताल संचालनको बाटो खुल्यो ….

कपन अनलाइन

काठमाण्डौ,माघ २।

निर्माण सम्पन्न भएर ठेकेदार कम्पनिले नगरपालिकालाई हस्तान्तरण गरेको बुढानिलकण्ठ नगर अस्पताल संचालन गर्ने नीतिगत बाटो खुलेको छ।

बुढानिलकण्ठ नगरपालिकाको नगर सभालेजना स्वास्थ्य ऐन पारित गरे संगै अस्पतालका आन्तरिक पूर्वाधार तयारी र जनशक्ति व्यवस्थापनको काम शुरु गरिएको छ।

२५ सैयाको सो नगर अस्पताल संचालनका लागि बनाइएको ऐनमा स्वास्थ्य व्यवस्थापन तथा अनुगमन समिति रहने उल्लेख गरिएको छ। नगरपालिकाका प्रमुख अध्यक्ष रहने सो समितिमा विभिन्न क्षेत्रका ११ जना सदस्य रहनेछन।सो समितिले स्वास्थ्य संस्थाहरुको अनुमति र  स्वीकृतिका परामर्श दिनेछ भने स्वास्थ्य संस्थाहरुको अनुगमन तथा सुपरिवेक्षण पनि गर्नेछ।

त्यस्तै सो ऐनका अनुसार नगर स्तरीय र मातहतका स्वास्थ्य संस्थाहरु बाट प्रदान गरिने सेवाको मापदण्ड र गुणस्तरको सुधार र सुनिस्चितताका लागि गुणस्तर सुधार तथा सुनिस्चितता समिति पनि  गठन हुनेछ। नगर उपप्रमुखको अध्यक्षतामा बन्ने सो समितिमा ६ सदस्य रहनेछन।

बुढानिलकण्ठ नगरपालिका क्षेत्र भित्र संचालनका लागि रास्ट्रीय ,प्रादेशिक र निजि अस्पतालहरुले नगरपालिकाबाट सिफारिस लिनुपर्ने व्यवस्था रहेको सो ऐनमा सुर्ती र मदिरा जन्य पदार्थको नियमनका वारेमा पनि स्पस्ट व्यवस्था गरेको छ ।

तपाइँको प्रतिक्रिया ।