वातावरण संरक्षण : राजेशमान के.सी. (कविता )
कपन अनलाइन
काठमाडौं , पुस २१ ।
हरेक वर्ष जुनमहिना अनि तारीख पाँच ।
वातारण दिवस हामी मान्छौँ एक साथ ।।
विश्वब्यापी समस्या छ वातावरण प्रदूषण ।
मानिसले गर्दा अति प्रकृतिको शोषण ।।
वातावरण विनाशले ल्याउँछ अनेक बिपत्ति ।
बाढी–पहिरो गई हुन्छ जन–धनको क्षेति ।।
अतिभयो जल, थल, ध्वनी प्रदूषण ।
प्रकृतिमानगरौँ है अब धेरै शोषण ।।
मानिस जब प्रकृतिको बिपरित चल्छ ।
अनेक रोग र बिपत्तिले उसलाई घेर्न थाल्छ ।।
मानिसले नै प्रकृतिमा गर्दा अतिक्रमण ।
कोरोना भाइरसको नि बढ्यो संक्रमण ।।
मानिसकै कारण हुन्छ वातावरण विनास ।
वातावरण जोगाएर गर्नुपर्छ विकास ।।
वातावरण बिगारेर विकास गर्नु हुन्न ।
वातावरण भन्दै विकास रोक्नु पनिहुन्न ।।
वातावरण र विकास बीच हुनुपर्छ सन्तुलन ।
नत्रयसले प्रकृतिमा ल्याउँछ ठूलो विचलन ।।
ओजोन तहविनाशअनि हरित गृह प्रभाव ।
यसको कारण वातावरण चेतनाकै अभाव ।।
चुनौती नै बनेको छ प्रदूषितवायु ।
रोगब्याधी निम्त्याई हाम्रो घटाउँदै छ आयु ।।
जैविकइन्धनको आयात घटाउनु पर्छ ।
विद्युतीय सवारीको प्रयोग गर्नु पर्छ ।।
कृषिबालीमा नि रोकौँ रासायनिकमल ।
जैविक मल प्रयोग गरी बढाऔँ खाद्यफल ।।
स्कूल, कलेजमा वातावरण विषय पढाऔँ ।
पाठ्यक्रममा पनि यसलाई अनिवार्य बनाऔं ।
जलवायु परिवर्तनले नि संकट ल्याएको छ ।
अति, अल्प, अनाबृष्टि गराएको छ ।।
वातावरण संरक्षणमा नगरौँ है ढीला ।
नत्रयसले मच्चाउने छ ठूलो विनाशलिला ।।
संरक्षण नगरेमा विश्व वातावरण ।
पृथ्वी नै विनाशको बन्छ यही कारण ।।
वातावरण संरक्षणको अभियान नै चलाऔँ ।
विश्वभरी चेतनाको लहर फैलाऔँ ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक