गाउँघरमा नाचौँ : भोलानाथ सुबेदी (कविता )
कपन अनलाइन
काठमाडौं , पुस २१ ।
खेतमा झुल्यो धान भटमास आलीमा
लटरम्म फल लाग्ने रुखका डालीमा ।
हरिया बुट्टापाखै भरि चरी बन डुल्ने
स्वर्ग जस्तो गाउँघर कसले हरुो र भुल्ने ।।
उज्यालो छ घर पनि सन्तान भेलाहुँदा
खुसी भए बाबुआमा उनका पाउ छुँदा ।
ठेस नलाई चढ्ने गर्नु सफलताको सिढी
बेलाबेला घर आउनु हाम्रो मुख हेरी ।।
निधारमा रातो टीका गलाभरि माला
दुःख पिडा भुलेर नै खुसी छन् सारा ।
मुसुक्कहाँस्न सकौँ मीठो बोल्दै बोली
आनन्दले बाँच्न सकौँ आज भन्दा भोलि ।।
सयपत्री आँगनको बासना छरौँ भन्छ
घाम पनि आफूजस्तै उज्यालो हौ भन्छ ।
मरीलानु के नै छ र हाँस्दै नाच्दै बाँचौँ
हातेमालो गरि हामी गाउँघरमा नाचौँ ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।