हरिबोधनी एकादशी मेलाको तयारीमा जुट्यो बुढानिलकण्ठ नगरपालिका,मेला पाँच दिन सम्म चल्ने

हरिबोधनी एकादशी मेलाको तयारीमा जुट्यो बुढानिलकण्ठ नगरपालिका,मेला पाँच दिन सम्म चल्ने

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ४।

बुढानिलकण्ठ नगरपालिकाले हरिबोधनी एकादशी मेलाको तयारीलाई तीव्रता दिएको छ। मङ्सिर ७ गते देखि ११ गते सम्म नगरपालिकाको नामकरण भएको बुढानिलकण्ठ मन्दिरमा हुने सो मेलाको तयारीका लागि छलफल भएको हो।

पाँच दिन सम्म चल्ने उक्त मेलामा देशका विभिन्न स्थानबाट बाक्लो शंख्यामा आउने भक्तजनहरुको व्यवस्थापन र सहज वातावरणमा पुजा पाठको व्यवस्थापनका लागि सरोकारवालाहरु संग नगरपालिकाले छलफल गरेको छ ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी ,उपप्रमुख अनिता लामा ,प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल सहित वडा अध्यक्ष ,सदस्यहरु ,सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी सहित सरोकारवालाहरुको बैठकले मेलाको तयारीका वारेमा विभिन्न निर्णय समेत गरेको छ।

हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी  मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ ।हिन्दु धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल  एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ ।

हरिबोधिनी एकादशीको दिन बुढानिलकण्ठ नगरपालिकाले स्थानीय विदा दिदै आएको छ।

 

तपाइँको प्रतिक्रिया ।