रहर कि बाध्यता : विजय रिमाल (कविता )

रहर कि बाध्यता : विजय रिमाल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २५।

आमा बुबाको रहर हो की
सोख हो की बाध्यता हो की !
आफ्ना प्रिय सन्तानलाई
आफÞनो काँखबाट छुटाएर
शिक्षा वा रोजगारीको निमित्त
ऋणको ब्याज तिरेर
राम्रो कमाई राम्रो पढ़ाईको लागि
विदेश पठाउनु
कतिसम्म उचित कार्य गरेको होला
आमा बुवाले
त्यो त आऊने समयले निर्धारण गर्ला !

सन्तानले विदेशमा दुःख गरी
कमाएको रूपैयाँले समाजमा
आमा बुवा स्थापित हुन खोज्नु !
सरकार स्वदेशमा रोजगार दिनुको सट्टा
विप्रेशणमा दङ्ग पर्नु
यसको औचित्य समयले निर्धारण गर्ला !

दुःख लाग्दो समय
महान् चाड पर्वमा
आफ्नो सन्तान आफूसँग नहुनू !
आफू बिरामी पर्दा
आफ्नो सन्तान आफूसँग नहुनू !
आफ्नो मृत्युको समयमा
काध थाप्ने र
दुई थोपा आँसू चुहाउने
सन्तान आफ्नो वरिपरि नहुनू
यो भन्दा पीड़ादायी समय
आमा बुवा र समाजको निमित्त
कति लाभदायी र सुखद होला !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।