यो जीवन आउदैन फर्केर : कमला श्रेष्ठ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २५।
लौ सुन्नुस नारीको बेदना अझ नारी छन धेरै रोदनमा ।
आज पनि नारीलाई सुख चैन छैन ।
नारीलेनी गर्न दःुख नगरेको छैन ।
नारीलाई अझपनि पशुजस्तै ठान्छन् ।
कति पुरुष नारीलाई थिचोमिचो गर्छन ।
दिनभर काम गरेर राती रक्सी खाए ।
कमाएको सबै पैसा तेसैमा उड़ाए ।
घरमा छैन खाने कुरा श्वास्नी बच्चा भोकै ।
खÞालि पेट बटारेर सुत्छन बरा भोकै ।
सिरमानलाई छैन वास्ता घरको हाल केछ ।
घरमा गई सिरमतीलाई अझ उल्टो कुटछ ।
नारी हुन्छिन मर्माहत बेदनामा परी ।
उनको हाल सुन्ने कसले भन्ने कसो गरी ।
छिया छिया हुन्छ मुटु यो नारीलाई देख्दा ।
जीवन बित्ने कसरी हो भन्ने कुरा सोच्दा
अव्यवस्थित हाल हुदा धुरु धुरु रुन्छिन ।
रुखा सुखा खाएपनि शान्ति हवस भन्छिन ।
कता जाने खोज्न नारीको अधिकार
अझ उनलाई मार्नलाई छन तयार ।
आमा बाबा छोड़ी आउछिन पराई आफ्नो भनी ।
नारीलाई दिन्छन दुःख केहिजस्तो नमानी ।
अधिकार खोस्न खोज्छन हजÞार बाण हान्दै ।
नारीलाई लत्याएर घरबाट निकाल्दै ।
खान्छिन चोट नारीले हजÞार
उनको छाति चिरिन्छ चरचर ।
माईति घरको ईज्जत जान्छ घर छाडी हिडदा ।
उनको हाल बेहाल हुन्छ घर भनि बस्ता ।
कति दिन भोकै हुन्छिन भित्र भित्र कोई ।
उनको दुख देख्नलाई हुन्नन् तेहाँ कोही ।
नारीको के रैछ जुनि थोरै सुखि धेरै छन लौ दुःखी ।
गाउ घर मात्र हैन शहर बजÞार पनि
यो आगोमा परेका छन धेरै नारीपनि ।
कता जाने के गर्ने हो बाटो घाटों बन्द ।
बिलख बन्द पर्दै नारी हुन्छिन अलपत्र ।
नारीलाई नदेउ ताड़ना नारी के हुन् त्यों मनमा बुझन ।
नारी सुखी भए भने घर स्वर्ग हुन्छ ।
त्यों घरमा बस्दा खेरी तिम्रै मन रम्छ ।
कमाईले आको जस्तों हुन्छ मिलिजुली खानु ।
दुई दिनको चोला हाम्रो हाँसेर बिताउनु
बिताउ जीवन हाँसेर बोलेर यो जीवन आउदैन फर्केर।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक