वर्तमान समय : महेन्द्रीय राष्ट्रवादको खोजी
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १८/शीतल गिरी
१. विषय प्रवेश
अनि राजा महेन्द्रको मरण भएको ५ दशक भयो । हुन त इतिहासको लागि पाच दशक केही पनि हैन, तर महेन्द्रले सत्ता आफ्नो हातमा लिदाको अवधिको नेपालको अवस्था र अहिले गणतान्त्रीक नेपाल मात्रात्मक रूपमा निकै भीन्नता भए पनि, भौतिक रूपमा सत्र सालभन्दा निकै पृथक देखिए पनि जनता र प्रधानमन्त्री लगायतको मनोगत अवस्था करीब करीब उस्तै भएको धेरै घटनाहरू भए । हो आजको जस्तै नेपाली राष्ट्रियता खतरामा परेको महसुस भएपछि सो समयमा राजा महेन्द्रले सत्ता आफ्नो हातमा लिए— एकहोरो रुपमा नेपालको शोषण गर्दै आएको भारतीय शाषकलाई चित्त नबुझ्नु स्वभावीक थियो र भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले ‘महेन्द्रीय राष्ट्रवाद’को संज्ञा दिए । अहिले पनि भारतीय शासकले आफ्नो स्वार्थको लागि ‘महेन्द्र राष्ट्रवाद’ भन्ने गरेका छन्, भारतको नेपाल प्रतीको नीति अनुसार भन्दै आएका हुन् ।
भारतमा ब्रिटिस राज हुँदा नेपाल र वेलायतबीचको सम्बन्ध प्रगाढ थियो, विशेष गरेर सन् १८५७ पछि । आफ्नो देशको स्वतन्त्रताका लागि भारतमा व्रिटिस उपनिवेश विरुद्धको सन् १७५७ को सिपाही विद्रोह (जसलाई भारतीयहरू ‘स्वतन्त्रताको पहिलो संग्राम’ भन्दछन्) भारत र ब्रिटिस दुबैलाई ठूलो महत्त्व राख्दछ । यस विद्रोहमा ब्रिटिसलाई जीवन–मरणको अवस्था परेको बेलामा नेपालका तत्कालीन प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले उक्त विद्रोह दमन गर्न ब्रिटिसको सहयोगमा झन्डै १६ हजार नेपाली फौजको नेतृत्व गरी भारत भएर अन्ततः विद्रोहलाई नियन्त्रण गरेरै छाडे । यस घटनाले भारतीयहरूको पेट पोलेका् हुँदा उनीहरूले नेपालविरुद्ध धेरै ठाउँमा लेखेका छन् । उनीहरूको इतिहासको त्यो सिपाही विद्रोहमा ब्रिटिसलाई सहयोग गरेर नेपालले भारतीय स्वतन्त्रता आन्दोलतलाई कुल्चेको भन्ने बात लगाउँदै छन् ।
सन् १९४७ मा भारत ब्रिटिसबाट स्वतन्त्र भएर पनि केही समय बेलायती प्रशासकहरूले अन्तरिम राजनिितक अवस्थामा देशको सत्ता चलाउन मार्गदर्शन गरे । त्यस समयका प्रधानमनत्री जवाहरलाल नेहरूले भारत र पाकिस्तान छुट्टिदा हिन्दू–मुसलमान बीच भएको काटमार रोक्न सकेनन् । भारतका जातीय सेना थिए, तर प्रोफेसनल आर्मीको कमी रहेकोले भारतमा रहेका ब्रिटिस पदाधिकारीहरूको अगाडि नेहरूलाई अपमान भइरहेको थियो । विशेष गरी हैदराबाद क्षेत्रमा धनजनको ठूलो क्षति भएको अवस्थामा नेहरूले बाध्य भई नेपालसँग सैनिक सहयोग मागे । हत्तपत्त नेपालले करिव १४ हजार प्रोफेसनल नेपाल आर्मी भारत पठाएर हिन्दू–मुसलमान द्वन्द्व नियन्त्रणमा लिएकोलाई नेपालको सैनिक इतिहासमा “हैदराबाद एक्सन” भनिन्छ । अहिलेको संयुक्त राष्ट्रसंघीय भाषामा भन्नुपर्दा नेपालले शान्ति स्थापनाका लागि पठाएको त्यस सहयोगलाई ‘पिस इन्फोर्समेन्छ मिसन’ थियो । भारतको जनताको ज्यान जोगाएको नेपाली सेनाको वीरताले उनीहरूको राष्ट्रिय सेनाको नुर गिरेको हुँदा धक्का लाग्यो ।
सन् १९५० को सन्धिमा नेपालले किन्ने हातहतियार गोलीगट्ठा भारतबाटै किन्नुपर्ने बुँदा राखियो र अहिलेसम्म त्यही छ । त्यसपछि सन् १९५१÷५२मा राजा त्रिभुवनले नेपाल भित्र्याएको भारतीय सेना र तिनका प्रमुख दुई तारे जर्नेलको आदेशमा नेपाली सेनाको संख्या ४२ हजारबाट झारेर ९ हजार पुर्याइयो । नेपाली सेनालाई बेकामी बनाउन सेनामा भइरहेका अधिकृत सबैका् एक तह दर्जा घटाउँदा स्वाभिमानी अधिकृतहरूले जागिर छाडे । भारतीय दुई तारे जर्नेलले तत्कालीन सेना मासेर राणाविरुद्ध लडेका नेपाली कांग्रेसका लडाकुहरूबाट नयाँ खडा गरिने सशस्त्र प्रहरी बल राख्ने योजना बनाए । त्यसै बखत सिंहदरबारमा थुनिएका डा.के.आई सिंहले विद्रोह सुरु गरी मान्छे मार्न थालेपछि र कांग्रेसका लडाकु के.आई सिंहसँगै मिलेकाले तत्कालीन प्रधानमन्त्री सहित सरकार राजदरबारमा लुक्न पुगे । दरबारको रक्षा गर्न बसेका नेपाली सेनाका तीन पल्टनले सिंहदरबारमा रहेका कांग्रेस लडाकु कब्जामा लिएर स्थिति साम्य बनाएपछि मात्र नेपाली सेना खारेजी हुनबाट बचेको थियो ।
भारतीय सेना नेपालमा तैनाथ राख्नु भनेको नेपाल खाने भारतीय ग्रान्ड डिजाइन थियो अथवा नेहरू डक्ट्रिनको कार्यान्वयन हुँदै थियो । राजा त्रिभुवनको चाँडै निधन भएर राजा महेन्द्र बनेको कारण भारतिय योजना बिस्तारै तुहियो । भारतीय सेना नेपालको कतिपय ठाउँमा भैसकेको हुँदा राजा महेन्द्रले भारतीय योजनाको विरोध र प्रतिकार गर्न थाले । जब राजा महेन्द्र सत्तामा आए, तब उनले नेपालमा कम्युनिष्टहरूको सहयोगमा नेपाली कांग्रेस, राजा त्रिभुवनले नेपाल ल्याएको भारतीय दुई तारे जर्नेलको नेपाल खाने नीतिको विरोधमा चीनलाई गुहारे । संयोग, त्यहीबेला (सन् १९६२÷६३ मा) भएको चीनसँगको युद्धमा भारत नराम्रोसँग हा¥यो । राजा महेन्द्रको कूटनीतिसँग केही नलागेपछि भारतीय सेनाले नेपाल छाड्न परेपछि नै दिल्लीले भन्नथाल्यो “महेन्द्रीय राष्ट्रवाद” । भारतमा विलय हुन लागेको नेपाललाई महेन्द्रले नेपालमा राष्ट्रियता जगाई भारतीय विरूद्ध प्रतिवाद गरेको भारतीय सत्तालाई मन नपर्नु स्वभाविक हो— यसकारण अहिलेसम्म पनि भारतीयले “महेन्द्रीय राष्ट्रवाद”को जपना समय समयमा गर्ने गरेको छ ।भारतीयले नेपाली राष्ट्रियतालाई “महेन्द्रीय राष्ट्रवाद” भन्नु उनीहरूको राष्टिय अभियान हो । अर्को तथ्य के हो भने राजा महेन्द्रले नेपाललाई स्वतन्त्र राष्ट्र राखिराख्न संयुक्त राष्ट्रसंघको सदस्य हुन पटकपटक कोशीस गरे । पटकपटक भारतले सफल हुन दिएन । नेपालले राष्ट्रसंघको सदस्यता लिएमा भारतले नेपाल खान सक्तैन थियो । तर राजा महेन्द्रले भारतीय प्रधानमन्त्री नेहरूको आँखा छलेर नेपाललाई राष्ट्रसंघको सदस्यताका लागि दर्ता गराए । नेहरूले रोक्ने प्रयास गरे तर सफल हुन सकेनन् ।
नेपाल राष्ट्रसंघको सदस्य बनेको घटनालाई राजा महेन्द्रले भारतको मुटुमा किला गाडेको जस्तै ठाने, नेहरूले । के नेपाललाई भारतीय विस्तारवादबाट बचाउनु राजा महेन्द्रको राष्ट्रघात थियो ? तत्कालीन परिस्थितीको यथार्थ मूल्यांकन गर्ने जसले पनि राजा महेन्द्रलाई राष्ट्रवादी भन्छ । केही नेपालीले पनि यथार्थ नपहिल्याई हावाको तालमा हो या भारतीय मालीकको तलुवा चाटेर विरोधको रुपमा भन्ने गरेको पाइन्छ “महेन्द्रीय राष्ट्रवाद” ।
अहिले नेपाली कांग्रेस नेहरूकै पालाकै नीतिमा अवश्य नहुनु पर्ने हो, भारतले नेपाल निल्न खोजेमा समर्थन गर्नु नपर्ने हो भने नेपाल बचाउने महेन्द्रको वीरोध किन ? नेहरूको पालादेखि हालसम्म पनि भारतीयले भन्दै आएका “महेन्द्रीय राष्ट्रवाद”लाई नेपालमा बस्ने केही नेहरूकै सन्तानले जस्तै रटना लगाएर राष्ट्रघात गर्ने गरेको पाइन्छ ।नेपाल प्रति राष्ट्रघात गर्ने जो कोहीलाई पनि नेपालको माटोले सराप्ने छ । नेपाललाई भारतमा वीलय हुनबाट बचाउने महेन्द्रको नीतिको विरोध किन ? नेपाल एकिकरण गर्ने पृथ्वीनारायणलाई युरोपियनले, क्रिस्चियनले विरोधी मानेझै नेपाललाई भारतमा गाभीनबाट बचाउने राजा महेन्द्रलाई भारतीय सत्ताले भारत विरोधी ठान्दछ । हामी नेपाली हौ, नेपाल बनाउने बचाउँनेको सम्मान गर्न सक्नु पर्छ । तर शासनमा पुगेका कतिपय कुपात्रले विदेशीलाई खुसी पार्न नेपालको राष्ट्रियता समय समयमा बेच्ने प्रयास गर्छन्, हो हामी सजग नभएमा नेपाल रहने छैन यो सत्य हो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।