डोजर आयो : भोलानाथ सुबेदी (कविता )

डोजर आयो : भोलानाथ सुबेदी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १८।

हाम्रो नगरमा डोजर आयो
सुतेका मान्छेको निद्रा जगायो
खोला नहर घडेरी बनेका
डुबान भरुो भनी सधैं सरापेका
मान्छेको गुनासो डोजरले सुन्यो
लौ अब आएँ भनी दगुर्यो
सुँढ लामो पारी आँ गर्दा
उत्रे सुन्ड मुसुन्ड हाहा पर्दा
धामीझाँक्री अन्छाइ मन्छाइ
कालो बोको जगमा चढाइ
के के गरे पहिला पहिला
थोत्रा विचार सिद्धान्त मैला
धोइ पखाली लौ हेर आयो
हाम्रो नगरमा डोजर आयो
झुत्ती खेल्न कति अघि लागे
डडाल्नुमा कतिले चिथोरे
नभनी ऐया आत्था कति
गजधम्म बस्यो थरक मारी
कुकुर बिरालो जस्तै बनी
कति दिन बस्छौं अब हामी
खिया लागेका मेसिन पाटपूर्जा
साँध लगाइ पारौं धारिला
विचार नसुधारे दुःख मिल्छ
अवरोध हट्दा सुखले जित्छ
यही विचार भर्नाको लागि
समृद्ध नगर पार्नको लागि
सुँढ हल्लाउँदै अघि आयो
हाम्रो नगरमा डोजर आयो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।