डिमेंसिया रोगीलाई स्वावलम्वन सीप : मञ्जुश्री के.सी. प्रधान

डिमेंसिया रोगीलाई स्वावलम्वन सीप : मञ्जुश्री के.सी. प्रधान

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १३।

१.विषयप्रवेश

डिमेंसिया रोग लागेपछि व्यक्तिले आफू नो हेरविचार आफै गर्ने क्षमतामाह्रास आउन थाल्छ । उनीहरू अरुमाथि भर पर्न खोज्छन् । कतिपयमा आफ्नो कामआफै गर्न सक्ने विश्वासले उनीहरूको आत्मवल बढी रहेको पनि हुन्छ । आफूले चाहे जतिको कामहरू गर्दा उनीहरू आफै रमाईरहेका
हुन्छन् ।कतिपय यस्ता रोगहिरू आफ्नो काम आफै गरिरहन्छन् । यसो हुने हुँदाउनीहरूले गरेको काममा रोकतोक नगरी निगरानीमात्र राख्नुपर्छ । उनीहरूलाई अरुमा भर पर्ने बानीबसालीदिनु हुँदैन । यसो गर्दा आफूले गर्न सक्ने कामपनि अरुमा भर पर्ने जान्छ । उनीहरूको हातगोडा चलुञ्जेल सम्म उनीहरूलाई उनीहरूले गर्न सक्ने कामलगाउनु दिनुपर्छ । यसो गर्नाले उनीहरू स्वालम्वी भएर आउँछन् ।
१)  स्याहार गर्दा ध्यान दिनुपर्ने कुराहरूःयदि ऊ समक्ष छ भने काम गर्न दिनु पर्छ ।
–  उसले कति गर्न सक्छ । कति सक्दैन । ध्यानदिने ।
–  डिमेसिया लागेपछि उनीहरूमा ध्यान र एकाग्रमा कमी आउने हुनाले भनेका कुरा तुरुन्तै बिर्सन्छन् ।
–  डिमेंसिया भएका व्यक्ति ‘रेष्टलेस’ हुने हुँदा आरामको जरुरत पर्छ । आरामदिने र प्रोत्साहन पनि
गर्ने ।
कतिपय अवस्थामा डिमेंसिया भएका बुवा आमालाई काम गर्न गाह्रो परिरहेको हुन्छ । यस्तो अवस्थामा हामीले उसका कामप्रति संवेदनशील हुँदा उनीहरूलाई स्वालम्वी बन्न मद्दत पुग्छ ।हामीले यसरी उनीहरूमा भएको सिप यथावत राख्न हरसम्भव प्रयास गर्नुपर्छ । कहिलेकाहीं उनीहरू बाहिरी वातावरण भएपनि असुरक्षित ठानिरहेका हुन्छन् । त्यस्तो अवस्थामा हामीले विश्वास दिलाउन सक्नुपर्छ । उनीहरू डराएको अवस्थामानकारात्मक सोचहरू नल्याई उचित र विश्वासिलो कुरा अगाडी राख्नु पर्छ । उनीहरूलाई विश्वास दिलाउनु सबैभन्दा महत्वपूर्ण कदम हुन्छ । उनीहरूसँग वादविवाद पटक्कै गर्नु हुँदैन । तनाव र चिन्ताबाट मुक्त राख्ने प्रयास गर्नुपर्छ ।त्यसो गर्दा उनीहरूमा स्वालम्वीबन्ने क्षमता विकास हुन्छ । उनीहरू पनिहामीहरू जस्तै महत्वपूर्ण काम मन पराउँछन् ।
त्यसैले उनीहरूलाई घरभित्र र बाहिरका काम दिनुपर्छ । यसरी उनीहरूलाई मनोरञ्जनात्मक क्रियाकलापमा पनि सहभागी गराउनु पर्छ । जस्तो नाच, गान, फिल्म, चाडपर्व, खेलकुदआदिमा समावेश गराउँदा उनीहरूमा एक प्रकारको आत्मबल बढ्छ । तर, धेरैजसो व्यक्तिहरूले त्यसो नगरी बुढाबुढी भएपछि किन राम्रो लगाउने, किनधुमफिर गर्ने ?किन मिठो खाने ? किन मनोरञ्जनमा भाग लिने आदि इत्यादि प्रश्न राखी बुवा आमाको मनमा आघात पु¥याई रहेको देखिन्छ । यसरी बुवा आमाको मनमा चोटी थपिरहेको पाइएको छ । हामीले कुनै क्षण पनि उनीहरूबारे सोचिरहेका हुँदैनौ । त्यो क्षण हामीमा पनि आउने छ भन्ने कुरा हामीले विर्सिएका हुन्छौं । यसरी हामीले उनीहरूलाई आफ्नो आँखाबाट टाढा राख्नखोज्यौं भने यो डिमेंसिया रोगले विकराल रुप लिनेछ । त्यसैले हामीले यस्तो अवस्थामा विरामीलाई भरसक समयमा उचित उपायहरू अपनाउनु पर्दछ । डिमेंसियाका रोगी बुवाआमालाई प्रारम्भिक तथा मध्ये अवस्थामा बढि ध्यान दिनु आवश्यक पर्छ । त्यतिखेर उनीहरूको स्मरणशक्ति कम भएर जाने हुँदा स्मरणशक्ति यथावत राख्नु हामीले विभिन्न तरिका, उपाय अपनाउनु पर्छ र सकिन्छ पनि । यसो गर्दा डिमेंसिया भएका बुवाआमालाई दैनिक जीवनयापनमा मद्दत पुग्छ र स्वालम्वी पनि हुँदै जान्छन् । यसरी हामीले डिमेंसिया भएका बुवा आमालाई मद्दत पुर्याउन  सकिन्छ ।
तर कतिपयव्यक्तिले आजकल गाह्रो भो भन्दै वृद्धाश्रममा लगेर राख्ने पनि गरेको पाईन्छ । यसरी बुवाआमालाई वृद्धाश्रममा लागु ठिक हो वा होइन भन्ने पनिआ–आफ्नो घरको परिस्थितिपनि हुन्छ । तर हामीले समयमा नै सक्दो प्रयास र मद्दत गरेमा यो समस्याबाट हामीअनि हाम्रा बुवा आमा पीडित हुनबाट केही हदसम्म कम हुनेछौं ।
यसरी डिमेंसिया भएका व्यक्तिलाई विदेश लगायत आजकल स्वदेशमै पनि विभिन्न ठाउँमा वृद्धाश्रम खुलका छन् । वृद्धाश्रममा दिवासेवा पनि यदि हाम्रो देश नेपालमा हुने हो भने यो सम्भव पनिहुनेछ । बुवा आमालाई त्यस ठाउँमा पठाउनु किनकी आजकलको जमानामा घरका परिवारहरू कामकाजी हने हुँदा उनीहरूको स्याहार–सम्हारमा अप्ठेरो परेको पनि छ । त्यसैले परिवारहरू हुनेहरूका लागि डे केयर भइदिए एक प्रकारले राम्रो पनि मान्न सकिन्छ । घरमा हेर्ने मानिस नहुँदा र केयर टेकर राख्न नसकिने अवस्थामा दिवा सेवामा लगेर दिनभर व्यस्त गराउन र साँझ घर फर्काउने गर्दा बुवा आमालाई पनि केही, हदसम्म राहत मिल्ने हुन्छ ।
साँझ घर फर्कदा सबै परिवारसँगै बसी खानपिन दिनमा भएका कामकाजका कुरामाथि छलफल गर्दा यसले पनि बुवा आमामा हौसला बढ्ने र स्वालम्वी हुने सम्भावना बढी देखिन्छ । जुनै पनि कुराको फाइदा बेफाईदा हुन्छन् । तर त्यसो हुँदैमा पुरा परिवारबाट बिमुख पारेर वृद्धाश्रममा राख्ने सोंच हामीले फ्याक्नु पर्दछ । यसरी विभिन्न तरिकाबाट आफ्ना डिमेंसिया भएका बुवा आमालाई स्वावलम्वी बनाउनु सक्छौं ।
केयर होम र दिवा सेवा
डिमेंसिया लागेका वृद्ध बुवा आमाको लागी अन्तिम अवस्था सम्म पनि घरमा, केयर होममावा अस्पतालमा राखिन्छ, हाम्रो देश नेपालमा केयर होमको व्यवस्था बाहिरी मुलुकमा जस्तो छैन । सम्पूर्ण स्याहार–सम्भार परिवारको आय श्रोत अनुसार र घरमै राखेर हेरविचार गरीरहेको हुन्छ । बहुसंख्यक नेपालीले आफ्नो पैसा खर्च गरेर केयरहोममा राख्न सक्ने अवस्था पनि छैन । विकसित देशहरूमा रेसिडेन्स मल तथा नर्सिङ होममा राखेर रेखदेख गर्ने गरिन्छ । तर हाम्रो देश नेपालमा त्यो व्यवस्थापनि छैन ।
बाहिरी देशमा व्यक्तिपरक सेवाहरू उपलब्ध छन्, जुन सेवामा व्यक्तिको सुरक्षा तथा हिनभावनाको कदर गर्दै बिरामीले रोजेको कुरा उपलब्ध गराईन्छ । आदर सम्मानका साथ राखिएको हुन्छ । केयर होमको कर्मचारीहरूले डिमेंसिया विरामीको लागी उचित हेरचाह सम्बन्धी तालिम पनि दिइएको हुन्छन् । यसरी तालिम प्राप्त कर्मचारीहरूले विरामीले के भन्न चाहिरहेका छन् ?उनीहरूले बोलेर व्यक्त गर्न नसक्दानको अवस्थैमापनि केयर होमका कर्मचारीहरूले सजिलै विरामीको अवस्था बुझी हाल्दछन् र विरामीलाई बोल्ने मौका, भावना व्यक्त गर्ने क्षमतामा प्रोत्साहन प्रदान गर्दछन् । यतिखेर विरामीलाई गोपनियताको आवश्यकता पर्दा पनि गोपनियताको सम्मान गरिन्छ । उनीहरूलाई धर्म, संस्कृति, जातीय मर्यादाको ध्यान दिएर व्यवहार गरिन्छ । विरामी हदसम्म पनि तलपुग्दा पनि उनीहरूलाई स्याहार संहार गरी उनीहरूलाई मद्दत गरिन्छ।
विरामीले डिमेंसिया लागेपछि आफ्नो इच्छा अनुसार काम गर्ने क्षमतामा ह्रास आइसकेको अवस्थामा पनि जीवनयापन गर्ने अधिकार गुमाई सकेको नठानी उचित सहयोग गरिदिनु पर्दछ । विरामीको इच्छा व्यक्त गर्न मद्दत पुर्याउनु पर्छ। अर्को कुरा विरामीको जीवन सार्थक राख्नु तथा खाना खुवाउँदा उनीहरूलाई सेवादिंदा संवेदनशील भई दिनु पर्दछ ।
उक्त विरामी बस्ने घर कोठा सबै पहिलाकै जस्तो आरामदायी घरायसी वातावरणको व्यवस्था मिलाई दिनु पर्छ । उनीहरू बस्ने, हिड्ने, सुत्ने ठाउँमा परिवारको फोटोहरू उनीहरूले रुचाइरहेको फोटाहरू जस्तो भगवानका फोटाहरू उनीहरूले मन पराउन व्यक्तिका फोटोहरू सरसामान, चिजविजहरू राखीदिनु पर्दछ । डिमेंसियाका रोगीहरूलाई सुरुमा खानेकुरा कोही, कोहीले प्रसस्त खान रुचाउने हुँदाखाने कुराहरू कोठा वा भान्सामा राखीदिनु पर्छ । उनीहरूलाई हिडडुल गर्ने वातावरण पनि मिलाई दिनु पर्छ । उनीहरूमापहिलापहिलाकेही खेल्ने बानीहरू छ भने त्यही चिजहरूको व्यवस्था मिलाईदिनु पनि पर्छ । यस अलवा पनि उनीहरूलाई बाहिर घुमाउन लाने गर्नुपर्दछ । अर्को महत्वपूर्ण कुरा उनीहरू सकभर कमबोल्ने भएर जान्छन् । त्यतिखेर उनीहरूको नजिक बसेर कुराकानी गरी रहने व्यक्ति पनि चाहिन्छ ।
तर, हामीहरू सबैले यदि त्यस्तो झेल्नु परेको छ भने साह्रै नै कठिन हुन्छ । त्यस्तो अवस्थामा झर्को लाग्न सक्छ । झर्को लाग्यो भन्दैमा झर्कोफर्को सकभर गर्नु हुँदैन ।
आफ्नो घरको आर्थिक अवस्था अनुरुप उनीहरूको सेवामा दत्तचित्त लगाएर सेवा गर्नु पर्ने हुन्छ । एउटै हामीले उनीहरू पनि हाम्रै परिवारका मूल सदस्य ठानी सेवादिनु पर्ने हुन्छ । उनीहरूको भावना इच्छा चाहनाहरू गुम्दै जाने हुनाले हामीले यस माथि विचार पुर्याई  काम गर्नु पर्ने हुन्छ।
डिमेंसिया रोगीको लागी थोरै मात्रामा सुविधा दिवासेवामा पनि मिलाउन सकिन्छ । आजकल हरेक घर घरमा महिला पुरुष दुवै कामकाजको लागी बाहिर जानु पर्ने, तर घरमा बुढापाका बुवा आमालाई एक्लै घरमा छोडेर हिड्न नमिल्ने हुनाले धेरै परिवारलाई समस्या परेको पनि देखिएको छ । यसको लागी सस्तो र शुलभदिवा सेवा पनि हो । जुन दिवासेवा छ, त्यहाँआफ्नो समय मिलाएर दिवा सेवाका लागि विहान छोड्ने र साँझ आफू आउँदा सँगै घर ल्याउने व्यवस्थ ागर्न सके धेरै राम्रो हुन्छ । परिवार आय आर्जनको लागि बाहिर जान पाउने र डिमेंसिया भएका बुवाआमाले पनि सुविधा पाउने हुनाले दिवा सेवा पनि उपयोगी हुने छ । तर हाम्रो देश नेपालमा आजसम्म पनि त्यस्तो सुविधा छैन । यस प्रति सरकारको ध्यान गएको पनि छैन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।