आजको मौसम :देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली

आजको मौसम :देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली
कपन अनलाइन
काठमाण्डौ ,असोज २७।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आइतबार पनि देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

तपाइँको प्रतिक्रिया ।