गजल : दिपक पनेरु
कपन अनलाइन
काठमाण्डौ ,असोज २७।
बिनाकारण आँखामा मेरो आउनु आँशु
जे जति छ सपना सबै बगाउनु आँशु
निस्किन तिमीलाई यदि कुनै द्वार नमिले
परेलीको बन्द ढोका ढकढकाउनु आँशु
तिमी नै त हौ एक मेरो मनको दर्द बुझ्ने
दिलभित्रको सबै दुःखपीडा बहाउनु आँशु
होलान् कोही अन्जान प्रिय म रुँदा रोईदिने
उनको सामु खसाउँदै नखसाउनु आँशु
रोई रोई कटाउनु छ सारा जीवन मैले
आँखा कहिले मरभूमि नबनाउनु आँशु ।
सहकार्य : कपन बानेश्वर साहित्यीक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।