मेरी साथी : सिम्रन दुलाल (कविता )

मेरी साथी : सिम्रन दुलाल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असोज २७।

मिलिजुली स्कुल जाने मेरी प्यारी साथी
सँगालेर खुसी दिने संसारकै जाती

खाजा पनि बाँडिचुँडी खान्छिन् मसित
झगडा गरी कदापि दुखाउँदिन् चित्त ।

हाँस्दा पनि उनीसँगै दुः खी हुँदा नि सङ्गै
सफलतामा मेरो सधैँ पर्छिन् उनी दङ्गै ।

सम्झाउँछिन् राम्रोसँग बिराउन लागे बाटो
कहिल्यै पनि उनको मेरो नहोस् है फाटो ।

सहकार्य : कपन बानेश्वर साहित्यीक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।