आजको मौसम : पाँच प्रदेशमा वर्षाको संभावना

आजको मौसम : पाँच प्रदेशमा वर्षाको संभावना

कपन अनलाइन

काठमाण्डौ ,असोज २१।

मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा आइतबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

अहिले पनि कोशीको सुनसरी, झापा र मोरङमा हल्का वर्षा भइरहेको छ। यस्तै गण्डकीको म्याग्दीमा पनि हल्का वर्षा भइरहेको छ। काठमाडौंका केही स्थानमा आज दिउँसो छिटफुट वर्षाको सम्भावना देखिएको मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार तीनदिन अझै पूर्ण मनसुन बाहिरिने अवस्था छैन।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कर्णाली र सुदूरपश्चिमबाहेक बाँकी पाँच प्रदेशमा वर्षाको सम्भावना छ। यस्तै राति पनि दिउँसोकै जस्तो अवस्था रहने महाशाखाले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।