विजया दशमीको पुर्व सन्ध्यामा बुढानीलकण्ठ साहित्य समाजको “विशेष कवि गोष्ठी” सम्पन्न

विजया दशमीको पुर्व  सन्ध्यामा बुढानीलकण्ठ साहित्य समाजको “विशेष कवि गोष्ठी” सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असोज २१।

बुढानीलकण्ठ साहित्य समाजले आफ्नो नियमित कर्यक्रम अन्तर्गत  विजया दशमीको पूवॅसन्ध्यामा जुम प्रविधि मार्फत  विशेष कवि गोष्ठीको आयोजना गरेको छ ।

समाजका अध्यक्ष वरिष्ठ साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितको सभाध्यक्षतामा भएको उक्त गोष्ठीको प्रमुख अतिथिमा वरिष्ठ आख्यानकार एवम् समाजका सल्लाहकार भागीरथी श्रेष्ठ रहेकी थिइन्  ।

उक्त कवि गोष्ठीमा कविता वाचन गर्ने  कविहरुमा प्राज्ञ चेतनाथ धमला, सुशीला प्रधानाङ्ग, राधा दुलाल काकीॅ, देवकी खतिवडा, अनु खड्का, गंगा अभिलाषी(अमेरिका),सीता अधिकारी, सरिता तुलाधर(बिराटनगर), सीता विष्ट काकीॅ, श्रीराम छेत्री, उमिॅला पन्त पाण्डे, गंगा पौडेल(अमेरिका), लगायतरहेका थिए  ।

वाचित कविताहरु माथि समीक्षक डा. शैलजा पोखरेलले सटिक टिप्पणी गरेकी थिइन् भने  वाचित कविताहरुको मुल मर्म  र उद्धेश्यको तहसम्मै पुगेर गरिएको समीक्षात्मक टिप्पणी  रहेको थियो ।

समाजका उपाध्यक्ष श्रीराम छेत्रीले स्वागत मन्तब्य दिएको  उक्त कार्यक्रममा  बुढानीलकण्ठ नगरपालिका वडा नं नौ का वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले सफलताको कामना गर्दै  बुढानीलकण्ठ साहित्य समाजकै उत्तरोत्तर प्रगतिको कामना गरेकी थिइन्।

कार्यक्रममा  साहित्यकार ललिता दोषीले पनि शुभकामना मन्तब्य गरेकी थिइन् भने  डा. अर्पणा  पोखरेलको विशेष उपस्थिति रहेको  कार्यक्रमको  सञ्चालन साहित्यकार सुधा मैनालीले गरेकी थिइन्  ।

तपाइँको प्रतिक्रिया ।