नेकपा एमाले बुनपा ११ को आयोजनामा टोल भेला तथा  जनप्रतिनिधि सँग अन्तरकृया

नेकपा एमाले बुनपा ११ को आयोजनामा टोल भेला तथा  जनप्रतिनिधि सँग अन्तरकृया

कपन अनलाइन

काठमाण्डौ ,असोज २१

नेकपा एमाले बुनपा ११ को आयोजनामा टोल भेला तथा  जनप्रतिनिधि सँग अन्तरकृया कार्यक्रम सम्पन्न  भएको छ।

कमिटिका अध्यक्ष कमरेड कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि काठमांडू जिल्ला कमिटिका उपसचिव कमरेड तेज प्रसाद ढकाल  हुनुहुन्थ्यो ।

उक्त बेला बाट  कमरेड खानीमाया गुरुंगको अध्यक्षतामा १५ सद्स्ययीय गुरुंगटोल आनिगुम्बा टोल कमिटी गठन गरिएको थियो भने अन्तरकृया कार्यक्रम मा पार्टी कार्यकर्ता हरुको समस्या तथा सुझाव हरुको जवाफ वडा अध्यक्ष राजु अधिकारीले  दिएका थिए  भने गुनासो तथा सुझावको लागि प्रत्येक  शुक्रवार  साझ ५ बजे देखी ७ बजे सम्म पार्टी कमिटिको कार्यालयमा जनप्रतिनिधि सँग भेटघाट समेत आयोजना भै रहेको जानकारी अध्यक्ष भट्टराई ले जानकारी दिएका थिए  ।

उक्त कार्यक्रममा केन्दीय उद्योग विभाग सदस्य कमरेड डोल्मा शेर्पा, नगरकमीटी उपाध्यक्ष कमरेड शम्भू प्रसाद भट्टराई , उपसचिव  सुनीता  गुरुङ, लगायत नगरकमिटीका सद्स्यहरु लगायतको उपस्तिथि रहेको थियो उक्त कार्यक्रमको  संचालन कमिटीका सचिब अंगूर पौडेलले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।