दाग : निर्मलादेवि तिम्सिना (कथा)

दाग : निर्मलादेवि तिम्सिना (कथा)

कपन अनलाइन

काठमाण्डौ ,असोज २०।

राम्रो चीज सबैलाई मन पर्छ । मेरो पढाई राम्रै भएकोले सरहरुले खुब माया गर्नुहुन्थ्यो । साथीहरु पनि नोट सार्न सकिन्छ भनेर मायागर्थे । म भन्दाजान्ने साथीले पनिमायागर्दथे तर केहीनजान्ने अन्तिम बेन्चहरुले अलि रिस गर्दथे किनकिउनीहरूले जति कोसिस गरे पनि मेरो स्थानलिन सक्दैनन् थिए । केहीनहुनेहरुसंग नै डाह बढी हुन्छ यो सत्य हो ।

निस्कलङक, खोट नभएको, निर्मल पवित्रताभित्रको पवित्रा मेरो नामथियो । दसौं कक्षामाअध्ययनरत विद्यार्थी पवित्रालाई नचिन्ने सायदै विद्यालयमाकमै मात्रथिएहोला । घरको काम र आफ्नो पढाई दुवैमा कडा परिश्रमले कसैलाई प्रेरणा मिलेको थियो भने कसैलाई इर्श्या र डाह मिलेको थियो।
अरु विषयको राम्रो स्वअध्ययनभएपनि एस एल सी मा राम्रो अङ्कल्याउनको लागि गणित र अङ्ग्रेजीविषयमा स्व अध्ययनले नपुग्ने भएर साथीको घरमा बसेका थियौं । हाम्रो घर बाट एक घण्टा माथि साथीको घरथियो । त्यहीं नजिकैको एकजना सरसँग ट्युसन पढ्न उमा रिना र म उमाकै घरमा बस्थ्यौँ । बिहान सबेरै उठ्ने, पढ्ने, ट्युसनजाने,पकाउने खाने विद्यालयजाने विद्यालयबाट फर्किएपछि खाजाखाने ट्युसनजाने आएर पकाउने खाने र गृह कार्य गरेर छोटो समय सुत्ने हाम्रो दिनचर्या भएको थियो ।
सधैँझैं हाँसीखुसीहामीविद्यालय बाट कोठामा आयौँ । त्यो दिन परिस्थितिबदलिएको रहेछ । मेरा दीर्घकालीनखुसीहरू एकै छिनमा नष्ट भएत्यो पनि दीर्घकालीन समयको लागि । उमाको बुबालाई मदाइभन्थेँ। वहाँले ठूलो पोको बाहिर राखिदिनु भएको रहेछ । हामीले पुग्नासाथै यो के को पोको हो भनेर सोध्यौँ । उहाँले कम्मरमाहातलगाएर भन्नुभयो – ‘पवित्रेको समान, पवित्रे तँअहिले यसै समयमा घर छोडेर निस्कीहाल, तेरो मतीबिग्रेछ, तँबाट हामीले निक्कै ठुलो आशा राखेका थियौं अब तँअपवित्र अछुत भएकी छस् भित्र पस्ने चेष्टा पनिनगर, तँसँगहाम्रा छोरी हिँड्न पनि सरम हुने भयो । आजबाट तेरो साथमाकुनै साथी हिड्ने छैनन् ।’
गालिकै सुरमाउहाँले सबै प्रस्ट पारिसक्नु भएको थियो । कुरा मंसिरको थियो । रजिष्ट्रेशनफारम भर्नको लागिपासपोर्ट आकारको फोटा चाहिएको थियो । गाउँमाफोटा खिच्ने कुनै स्टुडियो नभएर जिल्लामा रहेको स्टुडियोमा केही साथीहरुसँग पुगेका थियौँ । त्यहाँपुगे पछि पासपोर्ट साइजको फोटो खिचियो । जसरी विद्यार्थी चिन्नको लागिफारममाफोटा चाहिएको थियो, लाग्यो हामीलाई पनि साथी सम्झनफोटा काम लाग्छन् । त्यसैले एक जनादलित केटा साथीको अनुरोधमा मैले उहाँसँगफोटा खिचेकीथिए । मलाई के थाहफोटाले पनि सम्बन्धको अनेक अर्थ लाग्छ भनेर ।
कसैको छेउमा उभिँदा सहबासको दोष लाग्ने हो भने बासँगउभिएँ, दाजुसँग उभिएँ, भाइसँगउभिएँ, छिमेकीसँगउभिएँ, सरसँग उभिएँ धेरै लोग्ने मान्छेसँग उभिएकीथिएँ । किनति साथीसँगउभिँदा सहबासको तीतो दुर्गन्धलिएर त्यो फोटा सार्वजनिकभयो ? नछोइ उभिएको आकृतिमा के थियो त्यस्तो कुकृत्य काम?अपमानित तुच्छ शब्दले मुटुमा भाला रोपे झैं भयो । मैले निर्दोषी स्पष्टीकरणले धेरै अनुरोध गरें तर दाइले कत्तिपनिबुझ्नु भएन । गोबर सोहोर्दै गरेकीभाउजुसँग गुहार माग्दै हात जोड़ें भाउजुले रुँदै भन्नु भयो –‘हेर नानीगल्ती तेरो छैन होला । म पत्याउँछु तैंले त्यसो गर्न सक्दिनस् तर के गरौं तँयहाँ बसिस् भने हामीलाई मार्छन् जा नानी घर । गइहाल रात प¥यो ।’
             भाउजुबाट पनि यस्तो जवाफपाए पछि म दौडेर सर भएको ठाउँमा गएँ । सरले त झन् गालीको वर्षा नै गराउनु भयो उसै पनि सरले मलाई अनेक बहानामागाली गर्न पछि पर्नुहुन्नथियो । झन ठूलो निउपाउनु भएको थियो ।गालीनगर्ने कुरै भएन । उहाँले अबदेखि मलाई ट्युसन पढाउन नसक्ने कुरा पनिबताउनु भयो । त्यसपछि म असीमितआँसुको भेलसँगै नजिकै दीदीभिनाजुको घरमागएँ। दीदीभिनाजुले गाली त गर्नु भएन तर अविश्वास भने जरूर गर्नु भएकै हो । अहिले तँ घर जा भन्नु भयो । मान्छेले चाह्यो भने भगवानलाई भूत र भूतलाई भगवानबनाउँदो रहेछ । सानो त्रुटीले म निसाहारा भएर रुँदै कोठामा आएँ । उमा र रीनालाई पिलिक्क हेरेँ उनीहरू नबोलीशिर भुइँमानिहुर्याइरहेका थिए । मैले गर्दा उनीहरूको पनिप्यारो साथ छुटेको थियो । विनाकारण गालीपाएकाथिए ।मलाई कोठा र ट्युसनदुवै ठाउँबाट निकालिएको थियो । साँझ परेपछि जनावरले त बास पाउँछ मैले कतै कहिँबास पाइनँ । म पोको बोकेर घर हिँडे ।
साँझ झ्यापै परेको थियो । न कुनै राँको बालेर हिँड्न पाएँ न कुनै साथी नै थिए । जङ्गलको बाटो अँध्यारोमाएक्लै घर गएँ ।अभागीलाई जनावरले पनिखाँने रहेनछ । म घर पुगेँ । घरमाथिकुलोमापुगेर यसो घरतिर हेर्दा घरको दलानमा मान्छेको भिड थियो । सबैले मान सम्मान गरेका मेरा बालाई दाजुभाइहरुले अपमानितशब्दले प्रहार गरिरहेका थिए । छोराछोरीको कारण बा –आमाको शिर झुक्नु निक्कै लाजमर्दों हुने रहेछ । दुःख सुखमाआफन्त चाहिन्छ भन्थे आफन्तले त सुखमा डाह गर्ने र दुःखमासिध्याउने योजनाबनाउँदा रहेछन् । अलिकतिचुक्नु मात्रपर्दो रहेछ फुटाएर तहसनहस पार्दा रहेछन् । घाउ लाग्नु मात्रपर्दो रहेछ त्यहीँनुन चुक दल्दा रहेछन् । लड्नु मात्रपर्ने रहेछ त्यहीँ गाड्न चिहानखन्दा रहेछन ।त्यो दृश्य देखे पछि घरमानगएर अन्तै कतै जानपाएहुने या मर्न पाएहुने जस्तो भएँ। न कहिँजान सक्थेँ न मर्न नै । डराउँदै घर गएँ ।
          करेसाबाट दलानमा टेक्ने बितिकै आमाले आँगनको दाउरो टिपेर दुई चार दाउरा पिट्नु भयो। जतिभित्रीआत्मादुखेको थियो त्यति आमाको कुटाइले दुखेन उभिरहें । आमाले धितमरुन्जेल पिट्नु भयो । त्यस पछि हरेकव्यक्तिले शब्दशब्दले पिटे । लठ्ठीको पिटाई भन्दाशब्दको पिटाई निक्कै कसिलो हुने रहेछ । शब्दले नै बढी दुख्यो ।बामौनहुनुहुन्थ्यो । मसँगबोल्दै बोल्नु भएन । मलाई हेर्दा पनि हेर्नु भएन । मैले बालाई हेरेकीथिएँ । बाको शिर झुकेको थियो । मैले गर्दा बाको उच्चशिर सबैको सामु झुकेको थियो । मलाई आत्मग्लानिभएको थियो । त्यहाँहुने सबै म माथिखनिए । मलाई अनैतिक सम्बन्धकिनगरिस् भनेर खुबयातनादिए ।मैले फोटा मात्रखिचेको हो भन्दा कसैले पत्याएनन् । सबै मिलेर खुबयातनादिए । पिट्न सक्ने सबैले पिटे । मेरो जिउबाट रगतबग्नथालेको थियो । मन र शरीर दुवै बेजोड दुख्यो । सहनै नसक्ने गरी दुख्यो । दुखेर चिच्याएर रोएँ ।जतिबेसरी रोएँ त्यति कसिलो गाली र पिटाई खाएँ ।केही बेर पछि सबै हिँडे । आमाले मलाई खानपनिदिनु भएन । सबै हिँडे पछि थाममाहात पछाडि बाँधेर छोडिदिनु भयो । मंसिरको चिसो रात हात पछाडि बाँधिएर म मझेरीमाभ्यात्त परें । मेरा हातले न मेरै पेट भरे न मेरै आँशु पुछे । मेरा हातमलाई नै कामलागेनन् ।
बिहान भएपछि मलाई डोरी खोलिदिनु भयो तर म चिसोले अररिएर हिँड्न नसक्ने भएकीथिएँ । ज्वरो पनिआएको थियो । म मझेरीको खाटमा सुतेँ । मलाई ज्वरो हनहनीआएको भएर आमाअलि पछुतो माने झैं लाग्दथ्यो तर पनिमलाई दया गर्नु भएन ।
दिनदिनै कहिले कसको घरमा सभा त कहिले कसको घरमा सभाहुनथाल्यो । संसार मेरो विपरीत लागेको थियो । मानौँ, मबाट जघन्य अपराधभएको थियो । हाम्रै घरमा सभा बसेको बेलागाउँका लाटा गोज्याङ्ग्रासँग पैसा खुवाएर मलाई जिम्मालागाउने कुरा सुनेर म आत्महत्या गर्न लागें । घर भित्र धेरै मान्छे थिए । धुरीमापासो लागाएँ । झुन्निनै लाग्दाबाले भनेको सुनें “म छोरी लिएर कतै टाढा जान्छु । मेरी छोरीले त्यति नराम्रो कामगर्नै सक्दिनँ । फोटा खिच्दैमा अपराधभएको छैन । मेरी छोरीलाई यातना बढी भयो यतिहुँदाहुँदै पनि मैले कसैलाई केहीभनिनँ । मेरी छोरीलाई केहीभयो भने म सहन सक्दिनँ र कसैलाई पनि छोड्दिनँ । ‘यति सुने पछि म विवशभएँपासो फुकाउनकिनकि म मेरा बाको लागिबाँच्नु परेको थियो ।
यति ताण्डव भयो कि परिस्थिति सम्हालिन सकेन । केहीदिन बिरामीभएर सुतेँ । अलि सञ्चो भएपछि विद्यालय जान्छु भन्नै सकिनँ । एस एल सि को परीक्षा नजिकै आएको हुनाले बाआफैंले पढ्न जा भनेर कर गर्नुभयो । धेरै सम्झाउनु भयो । हिम्मतगर्नु पर्छ नानी ! गल्ती केही गरेको छैन भन्नुभयो । बालाई मैले आत्महत्या गरौँलाभन्ने ठूलो चिन्ताथियो । बेलाबेलामाभन्नुहुन्थ्यो ‘मरेर केहीजितिन्दैन गरेर देखाउनु पर्छ । ‘बाले गरेको मायाले म विद्यालयजान हिँडे । बोटोमा साथीहरु सबैले मलाई लखेटि लखेटि तुच्छ र घृणित शब्दले खुबहाने । आफन्तले घृणा गरे पछि परचक्रीले नगर्ने कुरै भएन । आफन्तलाई यो पनिथाहाथिएनउनीहरु आफैँलाई पर्ने छिटा आकाशतिर फर्किएर थुकिरहेका थिए । मेरो नामसँगउनिहरुको पनि त वंश जोडिएको थियो । मेरो बदनामीको कारण उनीहरुको कुलमापनि त धक्कापुगेको थियो । मेरो सर्बनासमाहातधोएर किनलागि परेका होलान् !?माया गर्ने साथीहरु पनितर्किएर हिँडे । सबैका बाआमाले उनीहरुलाई मसँग नहिँड्नु भनेका रहेछन् । बाटोको यो व्यवहार देखेर विद्यालय जाने आँट नै आएन । म त्यहीबीच बाटोको जङ्गलमा दिनभरि बसेर साँझमा अरु विद्यार्थी घर फर्किदा म पनि पछि पछि घर फर्किन थालेँ ।
मेरो पढाई बन्दभयो ।यो कुरा मेरा प्रध्यानाध्यापक सरले थाहापाए पछि घरमाझर्नु भयो र गाउँकाजुङ्गे, मुठे दाजुभाइ बटुलेर पवित्रालाई सफाई नदिए सम्म विद्यालय बन्द गरिदिन्छु भन्नु भयो । उहाँले ‘पवित्राविद्यालयको शानहो, उसले रमाइलोको लागिफोटा खिचेकी हो तर अरु कुनै गल्ति गरेकी छैन म त्यो स्टुडियो र यिनीहरू बसेको होटलसम्म पुगेर एथार्थ बुझे पछि यहाँ आएको हुँ पवित्रलाई यति सम्मको घटिया सजाएँकिन दिनुहुन्छ ? म विद्यालयबन्दगरिदिन्छु ।’ भनेपछि स्थिति केही शान्त भयो र म विद्यालयजानथालें तर साथीहरुले मलाई एक्लै बनाए । सरले तीन महिना शुल्क बिना नै ट्युसन पढाउनु भयो । मेरा लागि मेरा गुरु बा –आमाभन्दाउच्चहुनु भएको थियो ।मलाई वहाँले त्यति न्यायनदिनु भएको भए सायद म मेरा बाको निमित्त पनि बाँच्न सक्दिनँ थिएँ ।आत्महत्या निश्चित थियो । गाउँ समाजमा आफ्नैहरुबाट निक्कै अपहेलित भएकी थिएँ । निक्कै समयपछि पानीबोकेर आउँदै गरेकी मेरा काकाकी बुहारीको डोकोमा मैले बोकेको घाँसको भारीले छोइयो भन्दै पानी पोखेर गाग्री पखाली पखाली पानी भरेर लाँदामलाई कस्तो महसुस भयो होला । धेरै समय म कसैको घरमा सामान्य अवस्था देखि विवाह, व्रतबन्ध जस्ता शुभकार्यमा उपस्थित भइनँ ।
मैले विद्यालयको पढाई सकें उच्चशिक्षापनिलिएँ । जागिर पनिखाएँ तर मेरो चरित्रमा लागेको दाग फाल्न सकेको छैन । अझै पनि मलाई हेर्ने दृष्टि उही छ । समाजमा आजीवन अछुतो भएर जीवन बिताइरहेका जातीहरूलाई कति पीडा हुन्छ त्यो मैले महसुस गरेकी छु । विनागल्ती साथी दलित भएको कारणले र म महिला भएको कारणले जातीयता र लैगिङ्क हिंसा गरेर मलाई समाजले लगाई दिएको चरित्र हत्याको दागबोकेर आजीवन हिडिरहेकी छु ।
आफन्तहरूले  दिएका असुरक्षित पिडाहरु हृदयमा बोकेर हिम्मतका साथ हिडिरहेकी छु । यो दागलाई सुन्दर रूप दिन त सक्छु सक्दिनँ समयले बताउनेछ ।मलाई काँच सम्झेर फुटाउन खोज्नेको लागि हिरा त बन्न सक्दिनँ होला तर फुटाउन खोज्नेलाई काट्न सक्ने काँचभने जरूर हुनु छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।