हास्य व्यंग्य : प्रेमविज (चंडीगढ,भारत)

हास्य व्यंग्य : प्रेमविज (चंडीगढ,भारत)

कपन अनलाइन

काठमाण्डौ ,असोज २०।

खोजिहेर्दा जनता और नेताको सम्बन्ध घिउ र खिचड़ी जस्तो हुँदैन, बरु दुलाहा र जन्तीको जस्तै विगतले छुँदैन । दुलही पाएर दुलाहा मख्ख हुन्छ भने बिचरा जन्ती खानाखानामै रहन्छ ।जन्तीको विशेषता जनताको जस्तै हुन्छ । यता जन्तीलाई साह्रै मिठो खाने कुरो पस्किन्छन् उता जन्तीहरु केही न केही दोष निकालेर ठस्किन्छन् । नेताजी पनि मन्त्रीपद पाएपछि लुक्छन् । जनता नेतामा दोष निकाल्ने बाटो ढुक्छन् । नेताजीले चुनाव आउँदा जनसेवा जति नै गरुन् पानी झैँ बगाएका पैसाले थैलो भरुन् जनता सधैँ रिसाउँछन् जनता सधैँ नेताको गुनासो बिसाउँछन् । तब त नेता गद्दी नै ताक्छन् र पाउनेबित्तिकै जनताबाट टाढा भाग्छन् ।
एउटा अर्को कारण यस्तो छ नेताले जनतालाई देखाउने मिठो सपना सस्तो छ । जनताती सुनौलो सपनाका जालमा फँस्छन् अनि नेतालाई माथि पठाएर आफू हैकम मुनि बस्छन् । नेता पनि चुनाव जित्न अनेक थरी हथकन्डा सजाउँछन् कहिले महँगी घटाउने, कहिले पक्की घर बनाइदिने बजाउँछन् । यिनै सपनामा जनता डुबाउन दारु पनि पिलाउँछन् । जनताको च्यातिएको सपना क्षणमै सिलाउँछन् । अब नेतालाई चुनाव जित्न सजिलो छैन पहिलेको जस्तो समय मलिलो भएन ।
पहिले नेतालाई भगवान सरह जनताले पुज्दथे । नेताको दर्शन गर्न जनताआफैँ कुद्दथे । चुनावीखर्च पनिउहिले सस्तै थियो जनता नेतालाई देखेर मनमा मस्तै थियो । अब त पहिले भन्दा धेरै खर्च चुनावको भयो जुनसुकै नेताले जित्न बिहे बाउको भयो । चुनावकै लागिनेताका समारोह ठुलठुला भए । जताततै चुनावका बडेमानका होर्डिङ्ग बोर्ड लगाए । जनताआफैँ त ती समारोहमा जाँदैनन् ज्याला र माला पाए भने छाड्दैनन् । यतिमात्र नभई खाने पिनेको जोहो पनिहोस् तब नेताका पछि लाग्न आउँछ जोस । अबको चुनावचुनाव नै होइन कारोबार बनाएर गर्ने हुन् चैन ।
नेताजीले चुनावजत्ने बित्तिक पहिलो कामहो जनताबाट टाढिने आफू मन्त्रीबन्ने जनता उसै ठाउँमा छाडिने । मन्त्रीपद पाएपछि जनताबाट अझै ज्यादा दूरी बनाउँछन् खास कुनै खास रहस्यले गर्दा यही नीति अपनाउँछन् । जनताले उनलाई कहाँहो र चुनेको नेताजीका नोटले मतदाता किनेको । चुनावमा जति रकम लगानी भयो मन्त्रीपद पाएर ही त्यसकै साउँब्याज असुली गरियो । जनतालाई अबकिन उनले फेरि किन्नुपर्यो बरु चुनावमा लागेको धन उछिन्नु  पर्यो  । नेताजीको सुर गद्दी पाउने बित्तिकै राजधानीमा बस्ने सुखसयल छोडेर किन अब गाउँ पस्ने ।
राजधानी पुग्ने सर्वसाधारणको के तागत अझ मन्त्री भेट्ने के हुनु ल्यागत । हिम्मत र पैसा जुटाएर कोही राजधानी पुग्लान् सुरक्षा गार्डले पस्न नदिँदा बाहिर नै ढुक्लान् । चिनजानक साइनो लाउँदै बल्ल भित्र जाऊलाआफिसका पिएले बोल्न नदिई घन्टौँ बसाउला । बल्लतल्ल के काम थियो भनीफेरि हातको फोन घुमाउला, प्रश्न सुनेरै जनताले काममात्रै होइन आफ्नो नाम नै गुमाउला ।
मन्त्रीजीलाई भेट्छु भन्ने पैसावालको कार्ड जब पाउँछ भित्रैबाट आऊभन्ने उसले सन्देश पाउँछ । जुन सज्जन चुनावमा तन र धनले सेवागर्थे जितेपछि मन्त्रीजी काउनै सामु पर्थे । अरु सबलाई व्यस्त छन् मन्त्रीजी नै भन्छन् जितेपछि भोटर जाबो अब कसले गन्छन् । आजहोइनतिमीहरु अर्कै दिन आउनू भनेपछि कतिदिन यस्तो गरी धाउनु । बिहानै लोकल बसमा धकेलिँदै मन्त्री भेट्न जाँदा कस्तो लाग्ला भोलि आउने भनी धक्का खाँदा ।
आकाशको बिजुलीझैँ यिनी आउने हैनन् यिनको दुःख बुझिदिने मन्त्रीसँग छैनन् । आफ्नो चुनावक्षेत्र जान मन्त्री अल्छी गर्छन्, त्यहाँ पुग्दा गुनासाको उनी बल्छी पर्छन् । जनतालाई देखाएका मिठा सपना सारा हावासँगै उडेर ती बने आकाशका तारा । धनी समर्थकले मन्त्रीजीलाई बुलाएका बेला कुदी आउँछन् मन्त्रीजी गर्दै ठेलम ठेला । मन्त्रीको तमामखर्च उसै समर्थकले उठाउँछ टी पार्टीमा उसले आफ्नै रुचाएका मान्छे निम्त्याउँछ ।
चुनाव क्षेत्रमा पुगेपछि मन्त्रीजीआफ्ना घरभित्र होइन सरकारी अफिस बस्ता भेट्ने मौका छैन । यहाँ पनि बर्दीधारी कमान्डोले छेक्छ सर्वसाधारणलाई मन्त्रीका छेउ पर्न दिन्न । सुनौलो सपनामा डुबेको जनताआफ्नै नेता भेट्न पाउँथ्यो र कता ।
(अनुवादःमञ्जुश्री प्रधानके.सी. रानु“)
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।