बुढानिलकण्ठमा नगरपालिका र शिक्षकहरुको मुडभेडको संकेत, शिक्षकहरुले निर्देशन नमान्ने

बुढानिलकण्ठमा नगरपालिका र शिक्षकहरुको मुडभेडको संकेत, शिक्षकहरुले निर्देशन नमान्ने

कपन अनलाइन

काठमाण्डौ, बैशाख १२।

बुढानिलकण्ठ नगरपालिकामा शिक्षकहरु र नगरपालिका विच मुडभेडको संकेत देखिएको छ। नगरपालिकाले विद्यालयहरु संचालन गर्न दिएको निर्देशन नमान्ने भन्दै विभिन्न संघ संगठनहरुले बिज्संञप्गैति जारी गरे संगै  नगर र उनीहरु विच आमने सामनेको अवस्था सृजना भएको हो।

बुढानिलकण्ठ नगरपालिकाको बैशाख १० गते बसेको कार्यपालिका  बैठकले ११ गते देखि विद्यालय संचालन गर्न निर्देशन दिए पनि शिक्षकहरुले माग पुरा नभएसम्म कक्षा संचालन नगर्ने भन्दै बिज्ञप्ति जारी गरेपछि अन्यौलको वातावरण देखिएको छ।

हेर्नुहोस नगरपालिकाको सुचना :

नगरपालिकाले तयार पारेको शैक्षिक पात्रो कार्यान्वयनका लागि अबिलम्ब कक्षा संचालन गर्नुपर्ने भन्दै नगरपालिकाले ११ गते देखि पठन पाठन नियमित रुपमा संचालन गर्नका लागि दिएको निर्देशन पालना भए नभएको हेर्नका लागि नगरले विद्यालय अनुगमन शुरु गरेको छ भने विद्यालयहरुले प्रसासन खोल्ने तर कक्षा संचालन नगर्ने देखिएको एक जनप्रतिनिधिले बताएका छन ।

हेर्नुहोस शिक्षकहरुको बिज्ञप्ति :

शिक्षकहरुका विभिन्न संगठनले जारी गरेको बिज्ञप्तिमा आफ्ना माग पुरा नभए सम्मका लागि कुनै पनि पठन पाठन नगर्ने उल्लेख गरिएको छ भने नगरपालिकाको निर्देशन प्रति ध्यानाकर्षण भएको समेत बिज्ञप्तिमा उल्लेख भएको छ ।

तपाइँको प्रतिक्रिया ।