भागबण्डा : दुर्गा वनवासी (लघुकथा)

भागबण्डा : दुर्गा वनवासी (लघुकथा)
कपन अनलाइनकाठमाण्डौ ,असोज २०।

एउटी गरिव आमाले एकपटक आफ्ना तीन छोराछोरीका लागि एउटा मात्र गुडिया किनिदिएर मिलेर खेल्न भनिन् । आमा काममा गएपछि तिनीहरु त्यो खेलौनासँग खेल्न तयार भए तर छिट्टै नै लुछाचुँडी सुरु भयो ।

तानातान र खोसखोसमा तिनका साथीहरुले पनि आ–आफ्ना साथीलाई साथ दिए । परिणामतः गुडियाको एउटा आँखा एउटाको हातमा आयो, एउटा कान अर्कोले लग्यो। पुच्छर चुँडिएर एउटाको हातमा परयो, खुट्टाहरु पनि अलग अलग हातमा परे ।भुवा छरिएर भूईँभरि, हेर्दाहेर्दै खेलौना त कुरूप र विभत्स भयो ।
आवेगमा आएर गरेको झगडाले त्यति राम्रो गुडिया नष्ट भएको देखेर तिनीहरु अत्यन्तै दुखी भए । उदास आँखाहरुले त्यो विरूप गुडियालाई हेरेर टोलाउन थाले तर निक्कै ढिलो भइसकेको थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।