आर्थिक मन्दी : नवराज चौधरी (लघुकथा)

आर्थिक मन्दी : नवराज चौधरी (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,असोज २०।

स्कुल छुट्टी भएकोले आजपनि राहुल बाबा सँगै पसल गएका थिए । त्यहाँ पहिला जस्तो भिंड्भाड र रौनक नदेखेर उसलाई अनौठो लागिरहेको
थियो ।पसल छेउछाउका थुप्रै सटरहरु पनि बन्द देखे । बाबालाई  सघाउने कान्छा दाइ उसको आँखाले खोजिरहेको थियो । उसको हिरो बाबा चाहिँ न्याउरो मुख लाएर फोनमा कसैसँग बात गरिरहनु भाथ्यो ।
पसल आए पिच्छे सिसाका डमीहरुमा नयाँ र आकर्षक लुगाहरु फेरिएको देखेर उसको मन प्रफुल्ल
हुन्थ्यो । तर यसपल्ट तिनीहरूले अघिल्लो पल्टकै लुगा लाएका थिए । उसलाई  आश्चर्य लाग्यो र  बाबालाई प्रश्न गर्यो , ‘बाबा यिनीहरुलाई यसपाली लुगा किन नफेरिदिनु भएको ?’
५ वर्षे छोराको जिज्ञासा सुनेर बाबाले भने, ‘बाबू, देशमा आर्थिक मन्दी आएकोले यिनीहरूलाई लुगा फेर्न
सकिएन ।’
नराम्रो मान्दै छोराले भन्यो, ‘बाबाआर्थिक मन्दी को हो ?त्यो किन आएको त ?“
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।