काठमाण्डौ गौशालामा गोली चल्यो ,एक जना घाइते

काठमाण्डौ गौशालामा गोली चल्यो ,एक जना घाइते

कपन अनलाइन

काठमाण्डौ ,असोज १५।

काठमाडौँ महानगरपालिका–९ स्थित पिंगलास्थानमा सञ्चालित डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण भएको छ । पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरेर भागेका हुन् ।

घटनास्थलमा एकथान कटुवा पेस्तोल र गोली पनि फेला परेको छ ।घाइते सविर हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ । आक्रमणकारीको साथमा रहेको पेस्तोल घटनास्थमा खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।