दान: गंगा खड्का (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असोज १३ ।
शिव मन्दिरमा धुमधामसँग भागवत लगाइएको थियो । त्यहाँ कथा वाचनभन्दा नि चन्दा दानको विषयले चर्चा पाइरहेको थियो । विभिन्न शीर्षकमा चन्दा दान गर्नेहरुको तँछाडमछाड चल्दै थियो ।
राममायाले पनि आफ्नी स्वर्गवासी सासूको नाममा रु ५० हजार दान गरिन् । उद्घोषकले उत्साहप्रद ढङ्गले उनको नाम उद्घोष गरेर त्यसवापत सम्मान ग्रहण गर्नका लागि स्टेजमा बोलाए । त्यहाँ उपस्थित व्यक्तिहरुले पनि उनको महानताको बखान गरे ।
‘मरेपछि मेरो नाममा यत्रो दान गर्नुको साटो जिउँदो हुँदा राम्रो गरेर जीवनदान दिएकी भए पो यो दानको अर्थ रहन्थ्यो ।’
उनकी स्वर्गवासी सासूको आत्माले उनलाई धिक्कार्दै थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।