जया मल्टीपल क्याम्पसमा कक्षा १२ उत्तीर्ण बिद्यार्थीहरुलाई बधाई तथा शुभकामना

कपन अनलाइन

काठमाडौं भाद्र १८।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकलबारीमा संचालित जया मल्टीपल क्याम्पसले कक्षा १२ उत्तीर्ण बिद्यार्थीहरुलाई शनिबार एक कार्यक्रमका बीच बधाई तथा शुभकामना दिएको छ ।

काठमाडौंको पूर्वी भेगमा २०६१ साल बाट छुट्टै पहिचान बनाउदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उक्त संस्थाले कक्षा १२मा बिज्ञान, व्यवस्थापन मानविकी र कानुन बिषयमा उत्कृष्ट ग्रेड सहित उत्तीर्ण बिद्यार्थीहरुलाई सम्मान सहित बधाई दिएको हो । प्याब्सनका पुर्व महासचिव एबम जया मल्टीपल क्याम्पसका संस्थापक सदस्य कुमार घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा आइ टि विशेषज्ञ एबम त्रिभुवन विश्व बिद्यालयका एसोसिएट प्रोफेसर नवराज पौडेल रहेका थिए भने बिशेष अतिथिको रुपमा कलेजका संस्थापक देबी घिमिरे क्याम्पस प्रमुख भवानी प्रसाद पौडेल ,क्याम्पसका अध्यापक शिक्षक र बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलले कक्षा १२ उत्तीर्ण बिद्यार्थीहरुलाई बधाई दिदै उज्वल भविष्यको कामना व्यक्त गरेका थिए । उनले स्वदेशमा नै लाग्ने गरि अध्ययनलाई निरन्तरता दिनुपर्नेमा जोड दिदै जय मल्टिपल क्याम्पसले ब्याचलरमा बिए / बि बिएस/ बि एस डब्लु/ बि सी ए,बि बि एम र मास्टर्समा एम बि एस कार्यक्रम संचालन गरेको जानकारी गराएका थिए । उनले बिद्यार्थीहरुलाई जया मल्टिपल कलेजमा भर्ना हुन आग्रह गर्दै नेपालमा नै अध्ययन गर्न चाहने बिद्यार्थीहरुको लागि जया मल्टिपल कलेज राम्रो गन्तब्य भएको बताए ।

उनले जया मल्टिपल क्याम्पसमा नियमित पठन पाठन संगै विद्यार्थीहरुको सृजनात्मक विकासमा प्राथमिकता दिएको उल्लेख गर्दै क्याम्पस प्रमुख पौडेलले क्याम्पसको शैक्षिक तथा भौतिक पूर्वाधार उपयोगी रहेको बताएका थिए । दक्ष अनुभवी शिक्षक शिक्षिकाहरु द्वारा अध्यापन गराइने उक्त क्याम्पसमा पढ्ने निर्णय गरेका बिद्यार्थी र अभिभावकहरुलाई कलेजले निरास नबाउने बताउदै बिद्यार्थीहरुको उज्ज्वल शैक्षिक भबिष्य निर्माणमा क्याम्पस प्रतिबद्द रहेको बताएका थिए ।

कार्यक्रममा जया मल्टिपल क्यामपसमा कक्षा १२मा बिज्ञान, व्यवस्थापन मानविकी र कानुन बिषयमा उत्कृष्ट ग्रेड सहित उत्तीर्ण बिद्यार्थीहरुलाई मायाको चिनो सहित बधाई दिईएको कार्यक्रममा बिद्यार्थीहरुले गीत नृत्य मार्फत मनोरंजन प्रदान गरेका थिए । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि आइ टि विशेषज्ञ एबम त्रिभुवन विश्व बिद्यालयका एसोसिएट प्रोफेसर नवराज पौडेलले आइ टि क्षेत्रमा राम्रो अवसर रहेको बताएका थिए उनले नेपालमा पनि थुप्रै प्रतिभाशाली मानिसहरू आइटी क्षेत्रमा लागेको उदाहरण दिदै राम्रो आम्दानि पनि गरिरहेको जानकारी दिएका थिए ।

बिद्यार्थीहरुलाई मेहनत र लगनका साथ अध्ययन गर्ने हो भने नेपालमै अवसर पाइने हुँदा मेहेनत गरेर अध्ययन गर्नु पर्नेमा उनको जोड रहेको थियो । कार्यक्रमको अध्यक्षता बाट बोल्दै प्याब्सनका पुर्व महासचिव एबम जया मल्टीपल क्याम्पसका संस्थापक सदस्य कुमार घिमिरेले कक्षा १२ उत्तीर्ण बिद्यार्थीहरुलाई बधाई दिदै उज्वल भविष्यको कामना व्यक्त गरेका थिए । उनले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।