प्रदेस क्षेत्रमा चुनाव जिताएका राजन पोखरेल भन्छन, “म प्रदेस प्रतिनिधि हुनु नपर्ने कारण के छ?”

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १७।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका सदस्य राजन कुमार पोखरेलले यहि असोज ८ र ९ गते हुने बागमती प्रदेसको प्रथम अधिवेसनका लागि हुने प्रतिनिधि छनौटमा दावी गर्ने संकेत गरेका छन।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ (२ ) का संयोजक समेत रहेका पोखरेलले कपन अनलाइनको प्रश्नमा  म प्रदेस प्रतिनिधि हुनु नपर्ने कारण के छ? भन्ने प्रतिप्रश्न गर्दै प्रतिनिधि छनौटमा दरिलो दावी गर्न सक्ने संकेत गरेका छन।

लामो समय देखि काठमाण्डौ जिल्लाको एमाले राजनीतिमा सक्रिय रहेका पोखरेलले २०७९ शालको प्रदेस सभा निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा नेकपा एमालेलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

सहकारी र व्यवसायमा समेत स्थापित रहेका पोखरेल दुई कार्यकाल जिल्ला कमिटीमा रहेका छन भने काठमाण्डौ क्षेत्र नं ४ का विभिन्न कमिटी र अभियानमा निरन्तर सक्रिय रहदै आएका छन ।

नेकपा (एमाले ) बागमती प्रदेस कमिटीको प्रथम अधिवेसनमा प्रतिनिधि छनौटका लागि काठमाण्डौ जिल्ला कमिटीले तालिका तय गरेको छ । असोजमा हुने प्रदेस अधिवेसनको लागि काठमाण्डौ जिल्लाका ११ वटा पालिकामा भाद्र २७ गते प्रतिनिधि छनौट हुनेछन ।
यस्तो छ  नेकपा(एमाले) बागमती प्रदेश अधिवेशन प्रतिनिध छनौट प्रकृया :
१. भाद्र २४: मतदाता नामावलि प्रकाशन
२.भाद्र २५:  ११ बजे देखि २ बजे सम्म मनोनयन जिल्ला कार्यालय
३.भाद्र २५:  २ः३० बजे उम्मेदुबारको नामावली प्रकाशन
४.भाद्र २५:३ बजे दाबिबिरोध
५.भाद्र २५:  ३ः३० बजे उजुरिमाथि छानबिन र प्रकाशन
६.भाद्र २६:  १ः३० बजे उम्मेद्वारी  फिर्ता
७.भाद्र २६:  २ बजे उम्मेदवारको   अन्तिम नामावली प्रकाशन
८.भाद्र २७:  ११ देखि ३ बजे सम्म मतदान सम्बन्धित पालीकाले तय गरेको स्थानमा
९.भाद्र २७:  मतदान सकिए पछी मतगणना
१०.भाद्र २७:  मतगणना समापन पस्चात परिणाम घोषणा र प्रमाणपत्र बितरण

 

तपाइँको प्रतिक्रिया ।