बुढानिलकण्ठमा प्रदेस प्रतिनिधि छनौटको माहोल तात्यो : चुनिखेलले दुई प्रतिनिधि माग्यो

बुढानिलकण्ठमा प्रदेस प्रतिनिधि छनौटको माहोल तात्यो : चुनिखेलले दुई प्रतिनिधि माग्यो

कपन अनलाइन

काठमाडौं भाद्र १८।

असोज ८ र ९ गते हुने नेकपा एमाले बागमती प्रदेस कमिटीको प्रथम अधिवेसनका लागि प्रतिनिधि छनौटको तालिका सार्वजनिक भए संगै बुढानिलकण्ठ नगरपालिकाको राजनीतिक माहोल निकै तातेको छ।

बुढानिलकण्ठ नगरपालिकाबाट छनौट हुने करिव १३ प्रतिनिधिका लागि स्थानीय नेता तथा कमिटीहरु आन्तरिक छलफल र तयारीमा जुटेका छन भने कतिपयले उम्मेद्वारी दिने घोषणा गरेर लबिङ्ग समेत शुरु गरेका छन।

यसै क्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलले यस पटक आफ्नो वडाबाट दुई जना प्रतिनिधि हुनुपर्ने माग गरेको छ। नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १३ कमिटीका अध्यक्ष टिका नारायण श्रेष्ठ ( टिकेस ) सामाजिक संजालमा लेख्दै यस पटक दुई जना प्रतिनिधि हुनुपर्ने माग गरेका छन।

आफ्नो वडामा २१९ संगठित सदस्य रहेको बताउदै वडा नं १३ का अध्यक्ष समेत रहेका श्रेष्ठले यस पटक चुनिखेललाई दुई जना प्रदेस प्रतिनिधि दिनुपर्ने माग गर्दै यसलाई वडा कमिटीबाट निर्णय समेत गराउने जानकारी दिएका छन।

श्रेष्ठले सामाजिक संजालमा राखेको सामाग्री :

 

तपाइँको प्रतिक्रिया ।