किसान : सपना खड्का (लेख)
कपन अनलाइन
काठमाण्डौ ,साउन २०।
तिम्रो छोराछोरीलाई के बनाउछौ भन्दा हामी भन्छौ , इन्जिनियर, डाक्टर, पाइलट, मास्टर आदि बनाउने सोच राख्छौ तर कसैलेपनी मेरो छोराछोरी किसान बनाउछु भन्दैन किनकी किसान गरिब, अनपढ र फोहोरी हुन्छ्न उनिहरुको भेलो हुदैन गाईबस्तुको मल सोरेर बस्छ्न उनिहरुको शरीरमा गोबरको गन्दा आउँछ फाटो लुगा लाएर खेतीपाती गर्छन् त्यसैले होला है ! नमस्कार किसान जि ! भन्दा हामी साना हुन्छौ भन्ने घटिया सोच भएका पढेर स्नातकोत्तर गरेका घमण्ड मान्छे पनि त्यही समाजमा जन्मेका हुन्छन् ।
किसान नभएको भए यो विश्वभरिका मान्छे खाना खोज्न कहाँ जान्थेहोला ढुङ्गा माटो, पैसा खाएर परानी बचाउथ्यो र ? किसान अनपढ तब भयो उसले दुनिया पाल्नुछ धर्तीमातालाई सृङ्गार्नु छ, अन्नदाता भएर दुनियाँ पाल्नु छ । पढ्न फुर्सदै पाएन होला तर पनि बुद्धिमान व्यक्ति हो । किसान मेरो बिचारमा भगवानको दोस्रो रुप हो । परानी बचाउने भगवान ।
साउन १५ खिर खानेदिन रहेछ । हामी हासीखुशी खिरमा दूध, चिनी, नारिवल, बदाम सुकमिल आदि मिसाएर मिठो बनाएर खान्छौँ, शुभकामना आदनप्रदान पनि गरेका छौँ तर त्यो फलाउने र फुलाउने किसानलाई सम्झेका छौं त ? छैनौं किनकी किसानि गर्ने मान्छेलाई यो दुनियाले सम्मान गर्दैन इज्जत दिएर पनि बोल्दैनन् । उनिहरुको लुगा फोहोरी छ शरिरमा गोबरको गन्दा आउँछ छि भन्छौं त्यो गोबरले पो अन्नबाली उब्जेको हो भन्नेकुरा भुल्छौं । हात खुट्टामा टासिएको माटो छ नि त्यो जननिलाई पनि गाली गरेका हुन्छौं, घृणा पनि गरेका हुन्छौं ।
तिम्रा बुवाआमाको पेशा के हो भन्दा हामी किसान भन्दैनौं अरु नै पेशा बताउछौं । शिक्षक, मिल्टिरी अरु पेशा बताउछांै । किसान भनेपछि दुनियाँले हेप्ला घृणा गर्ला भनेर कतिपयले भन्दैनन् लुकाउछन् । गर्वका साथ भन्नसक्नुपर्छ म किसानको सन्तान हँु । जसले हेप्छ्न नि उसलाई कडा जवाफ दिनुपर्छ ।गाली गरेर होइन किसानको अर्थ खुलाइदिनुहोस त्यो अज्ञानि मनुष्यलाई । मास्टर, इन्जिनियर, डाक्टर, प्रधानमन्त्री, राष्ट्रपतिले खाने पनि अन्न, फलफूल, दहि, दूध तरकारी हो । यी सब कहाँबाट प्राप्त हुन्छ मन्दिरबाट भगवान आएर छोराछोरी खाउ बा खाउ त भन्दैन होला यी सब किसानले रगत पसिना बगाएर कमाएको फल हो । जो हामी सजिलै खाइरहेका छौं । अहिले आएर मेरा मातापिता किसान हुन भन्दा लाज लाग्छ । साथीहरुले गिज्याउलान हेप्लान भनेर परिचय पनि दिन मान्दैनन कतिपयले ।
हामी किन किसानलाई मान्छे मान्दैनौँ । उनिहरुको पेशालाई किन महत्व दिदैनौँ । किसानको दोस्रो अर्थ भगवान हुनुपर्ने तर अन्नदातालाई किन चिन्दैनौँ । किन लाज लाग्छ त्यो उब्जाएको खानेकुरा खाएर हामी स्वास्थ्य र तन्दुरुस्त भएर बाचेका छौं भन्नेकुरा किन भुल्छौँ । चिन्तनमनन गर्नु आवश्यक छ मानवजातिलाई धन्यवाद ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।