गजल : गंगा लिगल
कपन अनलाइन
काठमाडौ,साउन १३ ।
धनीलाई लुटको धन थुपार्ने ठाउँ छैन
गरिबलाई भोकमा छाक टार्ने ठाउँ छैन ।
बेरोजगारीको बिस्कुन सधै सुकाउदै छ
उद्योगीलाई उद्योग उमार्ने ठाँउ छैन ।
समताको चर्को नाराले कान खाएको छ
बिषमताको बाडी लाई उतार्ने ठाउँ छैन ।
छेपारोले प्रत्येक दिन रंग फेर्दै गर्दै छ
सजिलैसँग सत्यलाई उघार्ने ठाउँ छैन ।
हिलो माथिको कमल गौरबले अडेकोछ
हिलोले पोतिएको मान्छे तर्साउने ठाउँछैन
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।