एसईइ नतिजा : यी हुन बुढानिलकण्ठका उत्कृस्ट १० निजि तथा आवासीय विद्यालय

एसईइ नतिजा : यी हुन बुढानिलकण्ठका उत्कृस्ट १० निजि तथा आवासीय विद्यालय

कपन अनलाइन
काठमाडौं, साउन ४।

शिक्षा विकास तथा समन्वय इकाई काठमाण्डौ जिल्लाको प्रारम्भिक विश्लेषणका अनुसार बुढानिलकण्ठका १० विद्यालयहरुले  ३.५७ देखि ३.७७ औसत जिपिए प्राप्त गरेर उत्कृस्ट १० मा परेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको पायोनियर पब्लिक स्कुल ( काठमाण्डौ विद्यालय ) र वडा नं ११ मा रहेको दिक्षालय नेपाल फाउन्डेसन र  वडा नं १० मा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमीले संस्थागत विद्यालय तर्फ प्रथम ,दितीय र तृतीय स्थान हाशिल गरेका छन।

शिक्षा विकास तथा समन्वय इकाई काठमाण्डौ जिल्लाको प्रारम्भिक विश्लेषणका अनुसार उक्त परिक्षामा पायोनियरले आसत जिपिए ३.७७ पाएको छ भने दिक्षालयले ३.७६ र रिलायन्स इन्टरनेसनल स्कुलले ३.७६ जिपिए पाएको छ।

त्यस्तै चौथो  स्थानमा रहेको रिलायन्स पब्लिक स्कुलले औसत जिपिए ३.७४ पाएको छ भने पाचौ स्थानमा रहेको  ज्ञान प्रकाश एकेडेमी औसत जिपिए ३.६६ र छैटौ स्थानमा रहेको जुगल इंगलिस स्कुलले ३.६४ औसत जिपिए प्राप्त गरेको छ।

यसैगरी सो नतिजाका अनुसार सातौ स्थानमा रहेको बुढानिलकण्ठ स्कुलले ३.६१ औसत जिपिए प्राप्त गरेको छ भने आठौ स्थानमा रहेको प्रशान्ति शिक्षा सदनले ३.५९ औसत जिपिए पाएको छ ।

उक्त परिक्षामा औसत ३.५९ जिपिए सहित भक्ति इन्टरनेसनल एकेडेमी नवौ स्थानमा रहेको छ भने   पुष्पलाल मेमोरियल मावी औसत जिपिए ३.५८ सहित दशौ  नम्बरमा रहेको छ  ।

तपाइँको प्रतिक्रिया ।