त्रिवी टप गरेको पुष्पलाल मेमोरियल कलेजमा विद्यार्थीहरुको आकर्षण बढयो …..

कपन अनलाइन
काठमाडौं, असार २७ ।

त्रिभुवन विश्वविद्यालयले लिएको परिक्षामा टप गर्न सफल भएको पुष्पलाल मेमोरियल कलेज ,काठमाण्डौ महानगरपालिका वडा नं ७ चावहिल गणेशस्थानमा विद्यार्थीहरुको आकर्षण निकै बढेको छ ।

त्रिभुवन विश्वविद्यालयको बिबिएस दोश्रो वर्षको वार्षिक परिक्षामा  प्रशान्त विस्टले ७७ प्रतिसत अंक सहित प्रथम स्थान हाशिल गरेको  सो कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको शंख्या बढेको हो ।

प्ले ग्रुप देखि स्नातकोत्तर तह सम्म विभिन्न विषयहरु पठन पाठन गराउदै आएको सो कलेजका विद्यार्थीहरुले विभिन्न संकायहरुमा निरन्तर उत्कृस्ट नतिजा ल्याउदै आएको छ।

एसइइ  परिक्षामा दुई जना विद्यार्थीहरुले ४ जिपिए प्राप्त गरेको सो स्कुल/ कलेजमा कक्षा ११ मा व्यवस्थापन ,बिज्ञान , मानविकी ,कानुन र शिक्षा संकायका विभिन्न विषयहरुमा भर्ना खुलेको कलेज प्रसासनले जानकारी दिएको छ।

विभिन्न क्षेत्रमा स्थापित बौद्धिक व्यक्तित्वहरुको समुहले संचालन गरेको उक्त कलेजले नियमित पठन पाठन संगै विद्यार्थीहरुको व्यक्तित्व तथा नेतृत्व विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरु पनि संचालन गर्दै आएको छ।

२०६५ सालबाट +२ र २०६६ बाट स्नातक तह सुरु भएको यस कलेजमा+२ मा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी बिषयहरुको अध्ययन संचालन भइरहेको छ भने  स्नातकतर्फ व्यवस्थापन, शिक्षा र मानविकी विषयमा पढाई हुदै आएको छ र यी सबै संकाय बिहान संचालन हुदै आएको छ।

चाबहिल गणेशस्थानमा संचालित यस पुष्पलाल मेमोरियल कलेजमा अत्यन्त न्यूनशुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरीने यस कलेजमा अन्य कलेजमा तिर्ने महङ्गो शुल्क बचत हुने र थप अघिल्ला तहहरु पठन पाठन गराउन सहजहुने क्याम्पस प्रमख  शम्भु अधिकारीले जानकारी दिएका छन  ।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।