निरन्तर उत्कृस्ट शिक्षा प्रदान गर्दै द सेलिब्रेसन को-एड मावी/कलेज,कागेश्वरी मनोहरा शिवचोक

कपन अनलाइन
काठमाडौं, असार २७।

नियमित पठन पाठन संगै विद्यार्थीहरुलाई स्वास्थ्य र संस्कारका विविध आयामहरुको ज्ञान प्रदान गर्दै आएको द सेलिब्रेसन को-एड मावी/कलेज, कागेश्वरी मनोहरा शिवचोक  उत्कृस्ट शिक्षा प्रदान गर्दै आएको शैक्षिक संस्था हो।

प्ले ग्रुप तह देखि कक्षा १२ सम्म विभिन्न विषयहरुको पठन पाठन गर्दै आएको सो  कलेज फरक  र सृजनात्मक शैलीको शैक्षिक गतिविधिका कारण ७ प्रदेस र ७७ वटै जिल्लाका विद्यार्थीहरुको रोजाइमा पर्दै आएको छ।

कक्षा ११ मा बिज्ञान तथा व्यवस्थापन संकायका विभिन्न विषयहरुको अध्यापन गराउदै आएको द सेलिब्रेसन को-एड मावी/कलेजले विद्यार्थीहरुको नेतृत्व तथा व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै आएको छ।

खेलकुद, मनोरोञ्जन, वक्तृत्वकला, विज्ञान, रोबटिक, फोटोग्राफी तथा आर्टलगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरुलाई पनि उत्तिकै प्राथमिकतामा राखेको सो विद्यालयमा  सुविधासम्पन्न कम्प्युटर ल्याव, साइन्स ल्याव, लाइब्रेरीको व्यवस्था हुनुका साथै विद्यार्थीहरुको सुरक्षित आवतजावतका लागि भरपर्दाे यातायातको समेत सुविधा रहेको छ।

तपाइँको प्रतिक्रिया ।