प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि

कपन अनलाइन

काठमाडौं असार २७ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

 

उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् । दाहालको निधनपछि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठकले उनको त्याग र योगदानप्रति आत्मसात गर्दै नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था सरकारले मिलाएको थियो।

 

बिहान नर्भिक अस्पतालमा निधन भएपछि सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो ।

 

त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तकहरुले श्रद्धाञ्जली दिएका थिए । पेरिसडाँडाबाटै अन्तिम संस्कारका लागि पशुपति लगिएको थियो ।शीर्ष नेताहरूले पशुपति आर्यघाटमा पुगेर पनि सीताप्रति श्रद्धाञ्जली अर्पण गरेका  थिए  ।

तपाइँको प्रतिक्रिया ।