लिबर्टी एकेडेमी सेकेण्डरी स्कुलले ल्यायो गोकर्णेश्वरमै उत्कृस्ट नतिजा ,सम्पन्न ढकालको ४ जिपिए

लिबर्टी एकेडेमी सेकेण्डरी स्कुलले ल्यायो गोकर्णेश्वरमै उत्कृस्ट नतिजा ,सम्पन्न ढकालको ४ जिपिए
लिबर्टी एकेडेमी सेकेण्डरी स्कुल गोकर्णेश्वर ८, अत्तरखेल, काठमाडौंले एसईईमा ४ जिपिए प्राप्त गर्न सफल भएका छात्र सम्पन्न ढकाल लगायत सम्पूर्ण ३३ जना विद्यार्थी भाइ बहिनीहरुलाई बधाई तथा सम्मान कार्यक्रम आयाेजना गरेको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि गाेकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामाले सम्पूर्ण विद्यार्थी तथा लिबर्टी एकेडेमीलाई बधाई तथा शुभकामना ब्यक्तगरेकी थिइन्  ।
उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, समाजसेवी तथा उल्लेख्य मात्रामा अभिभावकज्यूहरूकाे उपस्थिति थियाे । कार्यक्रममा सभापति विद्यालयका प्रधानाध्यापक तथा प्याब्सन काठमाडौंका सहसचिव ओम प्रसाद ढकालले लिबर्टी एकेडेमी आगामी थप सकृयताका साथ सफल हुँदै अगाडि बढ्ने संकल्प गर्नु हुँदै सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अभिभावकज्यूहरूलाई धन्यवाद ज्ञापन गरेका थिए  ।
कार्यक्रममा विद्यालयले माध्यमिक तहमा अध्यापन गर्नु हुने विषय शिक्षकहरूलाई पनि स -धन्यवाद सम्मान गरेकाे थियाे ।
तपाइँको प्रतिक्रिया ।