कपनका तिन विद्यालयको एसईईमा काठमाण्डौमै उत्कृस्ट नतिजा,कुन विद्यालय कति नम्बरमा ?

कपनका तिन विद्यालयको एसईईमा काठमाण्डौमै उत्कृस्ट नतिजा,कुन विद्यालय कति नम्बरमा ?

कपन अनलाइन

काठमाण्डौ ,असार २६ ।

बुढानिलकण्ठ नगरपालिका कपनका तिन सामुदायिक  विद्यालयहरुले काठमाण्डौ जिल्लामै उत्कृस्ट नतिजा प्राप्त गरेका छन। शिक्षा विकास तथा समन्वय इकाई काठमाण्डौले प्रकासित गरेको नतिजाका अनुसार औसत जिपिएका आधारमा कपनका तिन विद्यालय उत्कृस्ट ४१ भित्र परेका हुन्।

शिक्षा विकास तथा समन्वय इकाई काठमाण्डौका अनुसार बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बाल उद्दार नमुना मावी ११ औ स्थानमा रहेको छ भने वडा नं ११ मा रहेको ग्राम शिक्षा मावी १६ औ स्थानमा रहेको छ। सो नतिजाका अनुसार वडा नं ११ मा रहेको यज्ञमति मावी २९ औ स्थानमा रहेको छ।

बाल उद्दार नमुना मावीले औसत जिपिए ३.११ प्राप्त गरेको छ भने ग्राम शिक्षा मावीले ३.०१ र यज्ञमति मावीले २.८८ औसत् जिपिए प्राप्त गरेको छ।

शिक्षा विकास तथा समन्वय इकाई काठमाण्डौका अनुसार सिद्धि गणेश मावी गागलफेदीले प्रथम स्थान र श्रम रास्ट्रीय मावी ,कुमरिगालले दितीय स्थान प्राप्त गरेको छ।

तपाइँको प्रतिक्रिया ।