साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीको परिचयात्मक भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीको परिचयात्मक भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असार २६ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको  साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीको परिचयात्मक भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका संस्थापक अध्यक्ष निम्तो शेर्पाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेसनल प्याव्सन बागमती प्रदेस समितीका उपाध्यक्ष देव नारायण महतो प्रमुख अतिथि रहेका थिए भने संचालक समितीका अध्यक्ष बिनोद कुमार तामाङ ,SAAT का अध्यक्ष बिनय श्रेष्ठ ,कोषाध्यक्ष प्रशान्त दाहाल , नेसनल प्यावसनका समिर बास्तोला ,नेसनल प्याव्सन बुढानिलकण्ठका अध्यक्ष नारायण बाबु तिमल्सिना  लगायत अतिथि रहेका थिए।

यसै शैक्षिक शत्र देखि कक्षा ११ को पठन पाठन शुरु भएको जानकारी गराइएको सो कार्यक्रममा वडा सदस्यहरु समर बहादुर गुरुङ ,गंगा परियार ,विद्यालयका प्रधानाध्यापक गोविन्द बहादुर धामीको पनि उपस्थिति रहेको थियो।

विद्यालयका भाइस प्रिन्सिपल दिनेश भुजेलले संचालन गरेको कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले कक्षा ११ मा भर्ना हुने दोलखाको बिगु गाउँ पालिका , बुढानिलकण्ठ नगरपालिका र विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुलाई निशुल्क अध्यापन गराइने घोषणा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।