मदन जयन्तिको अवसरमा बुढानिलकण्ठमा वृक्षारोपण
कपन अनलाइन
काठमाण्डौ ,असार १४ ।
मदन जयन्तिको अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको जगन्नाथ पार्कमा वृक्षारोपण गरिएको छ ।
जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन कुमार भण्डारीको ७२ औ जन्म जयन्तिको अवसरमा मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठको आयोजना तथा नगरपालिकाको सहकार्यमा भएको सो वृक्षारोपणमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियो।
पुर्व रास्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भएको उक्त वृक्षारोपण कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा काठमाण्डौ जिल्ला कमिटी इन्चार्ज आनन्द पोखरेल , नेकपा एमाले केन्द्रीय कमिटी सदस्य सरिता न्यौपाने,जिल्ला कमिटी अध्यक्ष दिपक निरौला ,उपसचिव तेज प्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो।
दन भण्डारी फाउन्डेसन बुढानिलकण्ठका अध्यक्ष कैलाश खड्काको अध्यक्षता र नगर प्रमुख मिठाराम अधिकारी ,उपप्रमुख अनिता लामाको आतिथ्यता रहेको कार्यकमको संचालन निशा बरालले गरेकी थिइन् ।