मातृत्वको छाहारी : गंगा लिगल (कविता )

मातृत्वको छाहारी : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाडौं असार ९।

अति सुरम्य मातृत्वको छाहारी
यसलाई नतुल्याउ है मरुभूमि
यसमा रहेको सुन्दर हरियाली
यही नै हो मातृभुमिको छाहारी ।

दृष्टि देउन आमाको मायामा
अगाध ममता तिनको काखमा
बात्सल्य प्रेमले पुर्ण नयनमा
खुशीको तरंग तिनको ओठमा ।

तिनको छ्चल्किएको अधर
घुमिरहन्छ रक्षार्थ चारै पहर
सन्तानकै खुशीको रहर
मनमा चलिरहन्छ हर पल ।

तिनको ममतामय दृष्टि
एकै साथ सिर्जेको सृष्टि
सबमा गर्छिन् स्नेहको बृष्टि
अनि मान्छिन आफुमा सन्तुष्टि ।

फरक हुन्छ सन्तानको दृष्टि
यही चोटले हुन्छ असन्तुष्टि
आफ्नै भाइ भाइमा कुदृष्टि
सुरम्य सृष्टिमा छाउछ विकृति ।

पबित्र आमाको मायालाई चिनौ
एकले अर्कालाई नपिरोलौं
सब मिली नव ईतिहास कोरौ
आमाको मुहारमा मुस्कान ल्याऔ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।