गजल : सिताराम न्यौपाने

गजल : सिताराम न्यौपाने

कपन अनलाइन

काठमाडौं असार ९।

जे–जे गर्ने गर्नुपर्छ, आफ्नै चल्छ यहाँ ।
अपराधी त मर्नुपर्छ, आफ्नै चल्छ यहाँ ।।

कुर्सीमा बस्दैमा केही हुनेवाला छैन तिमी,
हासिहासि झर्नुपर्छ, आफ्नै चल्छ यहाँ ।।

बिद्या कसैलाई भाग लगाउन पर्दैन भन्दै,
टुप्पी कसि पढ्नुपर्छ, आफ्नै चल्छ यहाँ ।।

तिम्रो अधिकारमा कत्ति बोल्दै बोल्दैन म,
तिमी आफै लड्नुपर्छ, आफ्नै चल्छ यहाँ ।।

खालि दिमाग भन्छन नि सैतानको घर, अनि,
त्यसैले त भर्नुपर्छ, आफ्नै चल्छ यहाँ ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।