माध्यमिक विद्यालय शिक्षक युनियन नेपालले कक्षा-१२ को उत्तरपुस्तिका परिक्षणमा अबरोध गर्ने

माध्यमिक विद्यालय शिक्षक युनियन नेपालले कक्षा-१२ को उत्तरपुस्तिका परिक्षणमा अबरोध गर्ने

कपन अनलाइन

काठमाडौं असार ९।

माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(HISTUN) ले साविक उच्च मावि शिक्षकहरुका विभिन्न समस्याहरूको बारेमा आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत कुनै कुराको सम्बोधन नभएको र आगामी संघीय शिक्षा ऐनमा सम्बोधन हुनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । हिस्टुनको भर्खरै सम्पन्न केन्द्रिय समितिको पुर्ण बैठकले उक्त निर्णय गरेको हो ।

आन्दोलनका कार्यक्रम अनुसार यहि असार १२ देखि १९ गते सम्म कक्षा-१२ को उत्तरपुस्तिका परिक्षण अबरोध गर्ने समेत उल्लेख गरिएको छ। त्यसैगरी आगामी असार १६ गते सरोकारवाला सहितको बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, असार १७ गते राष्ट्रिय परीक्षा बोर्ड, शिक्षक सेवा आयोग, शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरमा धर्ना दिने एबम ध्यानाकर्षण पत्र बुझाउने, असार १८ गते माइतिघर मण्डलामा देशभरका शिक्षकहरु जम्मा भएर धर्ना दिने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ।

चार हजार अनुदान कोटालाई दरबन्दीमा रुपान्तरण गर्ने ,माध्यमिक द्वितीय श्रेणीमा आन्तरिक प्रतिस्पर्धा हुने गरी व्यवस्थापनको प्रक्रियालाई अगाडि बढाउनु पर्ने, जिल्लान्तर शिक्षक सरुवा,मर्यादाक्रमजस्ता विषयहरू उठाएर हिस्टुनले निरन्तर दवावमुलक कार्यक्रम संचालन गर्दै आएको छ।

आफूहरुले संचालन गर्ने यो आन्दोलन पछि पनि राज्यले मागहरु सम्बोधन नगरे कक्षा ११ र १२ मा अध्ययन गर्ने विधार्थी र अभिभावकहरुलाइ शुल्क नतिर्न आव्हान गर्ने , शिक्षक सेवा आयोगले लिदै गरेको प्रावी, निमावि, मावि तहका शिक्षकहरुको पदपूर्ति बिज्ञापन विरुद्व कानुनि उपचार खोज्ने, आम शैक्षिक हड्ताल सम्मका कठोर आन्दोलनका कार्यक्रम घोषणा गरिने हिस्टुनका केन्द्रिय अध्यक्ष टिका प्रसाद न्यौपानेले जानकारी दिएका छन्।

तपाइँको प्रतिक्रिया ।