नागार्जुन नगरपालिकाकालाई नेकपा एमालेको ध्यानाकर्षण

नागार्जुन नगरपालिकाकालाई नेकपा एमालेको ध्यानाकर्षण

कपन अनलाइन

काठमाडौं असार ९ /बामदेव भट्ट

नेकपा एमाले नागार्जुन नगर कमिटी ले नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहोन बहादुर बस्नेत समक्ष १५  पृष्ठको ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य भगवान राज घले ,काठमाडौ जिल्ला कमिटी सचिवालयमा सदस्य सपना अर्याल ,नागार्जुन नगरकमिटी अध्यक्ष नन्दनहरि गौतम , उपाध्यक्ष श्याम राजा गिरि ,सचिव गोवर्धन केसी  ,  नगरक कमिटी सदस्य , वडा कमिटी पदाधिकारी ,नगरपालिकामा बसोबास गर्ने स्थानीयबासिको उपस्तिथिमा नगरको समस्त बिकासलाई लिएर आउदै गरेको नगर अधिवेशन वाट गर्नै पर्ने विकास निर्माण , स्वास्थ ,शिक्षा,रोजगार ,पर्यटन ,सुरक्षा ,सुशासन ,कर्मचारी को ब्यवस्थापन, शून्य भ्रष्टाचार को नीति नगरबस , नगर रिङ्ग रोड खाने पानी , सडक बत्ति , स्वास्थ चौकी, सूचना र प्रविधिक को प्रयोग ( नगर एप) ब्याक्तीगत घटना दर्ता , सार्बजनिक जग्गाको संरक्षण , राजनीति दल र नगरपालिका को समन्वय जस्ता विषय समेटिएको १५  पृष्ठको ध्यानाकर्षण पत्र नगर प्रमुख समक्ष बुझाइएको हो  ।

नगर प्रमुख मोहन बहादुर बस्नेतले ध्यानाकर्षण पत्र बुझ्दै स्रोत र साधनले धान्ने गरि नगरको बिकासको लागि सबै पक्षहरुको राय सल्लाहलाई समेट्न कोशिश गर्ने कुरा बताए  ।

ध्यानाकर्षण पत्र बुझाउदै नेकपा एमाले नगर कमिटी अध्यक्ष नन्दनहरि गौतमले नगर बिकाशमा नगरपालिका सहयोग गर्ने तर नगरपालिका मनोमानी ढङ्गबाट बजेट बनाउने आफ्नो मनोमानी ढङ्गले खर्च गर्ने नगर बिकास को ठोश आधार नदेखिने बजेट आएमा , नगरका कर्मचारीतन्त्र हाबि हुने रोजगार शिक्षा ,स्वास्थ खानेपानी , यातायात , बिकास निर्माण सुरक्षा जस्ता कुराहरुमा नगरपालिका जिम्मेवार बिहिन ढङ्गले आएमा आन्दोलन गर्न  तयार रहेको कुरा बताएका थिए  ।

तपाइँको प्रतिक्रिया ।